वर्गीय आन्दोलन अहिलेको आवश्यकाता : नेता गुरुङ

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले जातीय आन्दोलन नभई वर्गीय आन्दोलन अहिलेको आवश्यकाता रहेको बताएका । नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ तनहुँको दमौलीमा शनिबार आयोजित तेश्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । नेता गुरुङले आदिवासी जनजातिको हकअधिकार सुनिश्चितताका लागि एमाले सदैव प्रतिबद्ध रहेको बताएका थिए ।

अधिवेशन उद्घाटन समारोहमा एमाले केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना, जिल्ला सचिव राजेश्वर ढकाल, उपसचिव खिमबहादुर कुमाल, सदस्य बसुन्धरा घर्ती लगायतले आदिवासी जनजातिको हकअधिकार सुनिश्चितताका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

यस्तै, अधिवेशनले रगबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा अमरराज थापा, सचिव शेरबहादुर बोटे, सहसचिव कमला भुजेल, कोषाध्यक्ष रेशमबहादुर थापा चयन भएका छन् ।

सदस्यहरुमा गिरबहादुर थापा, देउबहादुर थापा, बुद्धसिं थापा, पार्वती गुरुङ, मिनबहादुर गुरुङ, छविलाल श्रेष्ठ, हेममाया थापा, झमबहादुर थापा, शेरजङ्ग थापा, इश्वरी श्रेष्ठ, टेकबहादुर थापा, रोशन श्रेष्ठ, टेकबहादुर भुजेल, आलोक कुमाल, जुननारायण श्रेष्ठ, यामकुमारी भुजेल, सुष्मा कुमाल, बेलकुमारी, भिमबहादुर गुरुङ, रितबहादुर थापा, अम्बर गुरुङ, मनकामना थापा, पार्वती घर्ती, सूर्यकला घर्ती, अनिल गुरुङ, दिलबहादुर तामाङ चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker