शुक्लागण्डकी महोत्सव सम्पन्न : भलिबलको उपाधी वौदिकालीले जित्यो

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सव-२०७९ सम्पन्न भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको सोमबार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले समापन गरेका हुन् ।

कला संस्कृतिका संरक्षणका साथै स्थानीय स्तरमा उत्पादित वस्तुको बजारीकरणमा यस्ता मेला महोत्सवले महत्वपूर्ण टेवा पुग्ने बताउँदै सदस्य गिरीले महोत्सवले आर्थिक चलायमान बनाउने हुँदा आर्थिक कारोबारमा पनि मद्दत पुग्ने बताए ।

महोत्सव मुल संयोजक एवं शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल प्रसाद रिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका सदस्य लक्ष्मी त्रिपाठी, तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठ, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, शुक्लागण्डकी नगरपालिका-६ वडा अध्यक्ष बुद्धि बहादुर थापा, शुक्लागण्डकी-७ का वडा अध्यक्ष खड्ग सिंह थापा लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यात्रि्राप्त कलाकारहरुको प्रस्तुती, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल २१७ स्टल रहेको महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठले बताए । फागुन २९ गतेसम्म सञ्चालन गरिएको महोत्सवमा करिब २ लाख दर्शकको सहभागिता रहेको र ३ करोड बराबरको आर्थिक कारोवार भएको महोत्सवका प्रवक्ता सुजित हिराचनले जानकारी गराए ।

यस्तै, महोत्सवमा आयोजना गरिएको पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधी नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । सोमबार भएको फाइनल खेलमा स्याङजाको वलिङ नगरपालिकालाई ३-१ सेटमा पराजित गर्दै बौदीकालीले उपाधी जित्न सफल भएको हो ।

यस्तै, आइतवार भएको सेमिफाइनलमा वालिङले गलकोटलाई हराउदै फाइनलमा पुगेको थियो भने वौदीकालीले तनहुँको शुक्लागण्डकीलाई पराजित गरेको हो । वालिङले गलकोटलाई ३-१ को सेटमा हराउदै फाइनलको यात्रा तय गरेको थियो । वौदीकालीले ३-१ को सेटमा शुक्लागण्डकीलाई हराएको हो ।

भलिबलमा ११ समुहले सहभागिता जनाएका थिए । भलिबलतर्फ प्रथम, द्धितीय, तृतीय, चौथो हुने समुहले क्रमशः १ लाख ५० हजार, १ लाख, २५ हजार र १० हजार रुपैयाँ नगद साथमा ट्रफि, मेडल र प्रमणपत्रद्वारा पुरस्कृत गरिएको थियो । यस्तै बेष्ट प्लेयर, स्पाईकर, सटर, डिफेन्टर, ब्लकर, कोच र बेष्ट सर्भरलाई पनि पुरस्कृत गरिएको छ ।

यस्तै, महोत्सवकै अवसरमा आयोजित सी लेभल ब्याडमिन्टन प्रतियोगितामा जिअस ब्याडमिन्टन क्लव गाछेपानीका शुशिल भुजेल र लक्ष्मण लामा प्रथम भएका छन् । ढोर ब्याडमिन्टन क्लव ढोरफिर्दीका धिरज केसी र विमल बानीया द्धितीय भए ।

जिअस ब्याडमिन्टनकै वशन्त लालचन र मन बहादुर आले साथै विक्रम आले र तारा थापा तृतीय हुन सफल भए । बोम बहादुर गमाल उत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगिता संयोजक वरदान क्षेत्रीले जानकारी दिए । प्रथमले २० हजार र द्धितीयले १० हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगितामा कुल ३२ समुहको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker