तनहुँको साँगेखोलामा डुबेर एक युवकको मृत्यु

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेखोलामा डुबेर आइतबार एक युवाको मृत्यु भएको छ । व्यास–५ बरबोटेका २० वर्षीय शिशिर कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी दमौली अस्पताल पुर्याएका थिए ।
उद्धार गरी अस्पताल पुर्याइएका कुमाललाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।










