प्रहरीको स्वास्थ्य परीक्षण

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय वेलचौतारामा कार्यरत प्रहरी कर्मचारीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीहरु ।

अस्पतालका मेडिकल अधिकृत डा. संजय श्रेष्ठ, स्टाफ नर्स अन्जु श्रेष्ठ, अ.न.मी. सबिता लामा र प्रशासन ना.सु. प्रदिप पौडेल सहितको प्राविधिक टोलीले सोमबार ४९ जना प्रहरी कर्मचारीहरुको बिएमआई, सुगर, रक्तचाप आदिको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेका थिए । तस्विर : भञ्ज्याङ










