तनहुँको व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रम

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा आदिकवि नेपाली सिर्जनशील र व्यवस्थापन विद्यार्थी सर्कलले नवआगन्तुक विद्यार्थीलाई स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । स्नातक तह प्रथम वर्षा विद्यार्थीहरु बुधबार क्याम्पसमा स्वागत एवं वडादशै र तिहार पर्वको शुभकामना कार्यक्रम गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले वडादशै, तिहारको शुभकामना व्यक्त गरे । विद्यार्थीहरूलाई एक आपसमा घुलमिल र आत्मियताको भावना निर्माण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने क्याम्पस संचालक समितिका उपाध्यक्ष बुद्दिमान श्रेष्ठले बताए ।

आदिकवि नेपाली सिर्जनशील मञ्चका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य मोहन गिरि, स्ववियु सभापति दुर्गा भण्डारी, जीवन सेवा अभियानका संस्थापक अध्यक्ष एवं युथ कंग्रेस तनहुँका संयोजक राजेश कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस्तै, दशै पर्वका अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष व्रहृमदत्त तिमल्सेनाको अध्यक्षतामा बुधवार शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष रामचन्द वस्नेत, उपाध्यक्ष बुद्धिमान श्रेष्ठ लगायत सञ्चालक समितिका सदस्यहरु, क्याम्पस प्रमुख, सहायक क्याम्यस प्रमुख, विभागीय प्रमुख र प्राध्यापक एवं कर्मचारीहरुले शुभकामना आदानप्रदान गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker