तनहुँको भिमादमा व्यावसायिक अकबरे खुर्सानीखेती, जनप्रतिनिधिद्वारा अनुगमन

भिमाद : मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत तनहुँको भिमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ। यहाँका आठवटा टोल विकास संस्थामार्फत १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको हो ।

नेकपा (एमाले) भिमाद नगर कमिटीका अध्यक्षसमेत रहेका कृषक इमानबहादुर थापाका अनुसार, हालसम्म दुई हजार ५०० किलो खुर्सानी बिक्री भइसकेको छ । हाल बजारमा प्रतिकिलोग्राम रु ५०० सम्म थोक मूल्य छ ।

उनले भने, “विभिन्न स्थानबाट दुई–तीन क्विन्टल खुर्सानीको माग आइरहेको छ, यस ठाउँमा खुर्सानीखेती सफल बन्दै गएको छ।” सुरुमा परीक्षणका रूपमा सुरु गरिएको खेतीबाट राम्रो उत्पादन भएपछि किसान उत्साहित छन् । भिमाद नगरपालिकाले बीउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

नगरपालिकाले माटो परीक्षण, सिँचाइ पाइप तथा मलको थप व्यवस्थापन गरिदिए खेतीका लागि अझै सहज हुने व्यावसायिक किसान बताउँछन् । उत्पादित खुर्सानी पोखरा, काठमाडौं, चितवन लगायतका सहरबाट माग भइरहेको भानुमती नमूना कृषि गाउँका अध्यक्ष रणबहादुर गुरुङले बताए ।

पूर्वमन्त्री किरण गुरुङले व्यवसायी खुर्सानी खेतीको अवलोकन गर्दै अकबरे खुर्सानी खेतीबाट किसानमा देखिएको उत्साहले सकारात्मक संकेत गरेको बताए ।

यस्तै, भिमादका नगरप्रमुख दधिराज सुवेदीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र किसानलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै व्यवस्थित र विस्तार गर्दै लैजाने योजना बनाएका छौँ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker