गण्डकी प्रदेश सरकारद्वारा तनहुँमा ११ वटा सडक योजना सम्पन्न

भञ्ज्याङन्यूज

गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट तनहुँमा चालु आर्थिक वर्षमा ११ वटा सडक योजना सम्पन्न भएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत बजेट विनियोजन भई पूर्वाधार विकास कार्यालय तनहुँबाट उक्त योजना सम्पन्न भएका हुन् ।

चालु आवका लागि एक सय ५७ सडक योजनामा रु एक अर्ब २३ करोड ५९ लाख ७३ हजार बजेट विनियोजन भएकामा रु ३८ करोड ९७ लाख ४९ हजार खर्च भएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार एक सय ३८ सडक योजना निर्माणका लागि सम्झौता गरिएका छन् ।

यस अवधिमा चार किलोमिटर कच्ची सडक निर्माण भएको छ भने छ किमी सडक ग्राभेल भएको आचार्यले जानकारी दिए । उनका अनुसार कच्चीसडकतर्फ १५ किमी निर्माण भएकामा २५ किमी ग्राभेल गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै ७.५ किमी कालोपत्र, पाँच किमी चौडाइ गर्ने, ८.१ किमीमा नाला निर्माण, एक हजार सात सय घनमिटर टेवा पर्खाल निर्माण भएको आचार्यले जानकारी दिए । कालोपत्रतर्फ २६, चौडाइ विस्तारतर्फ १५, नालातर्फ१५ किमी र टेवा पर्खालतर्फ २५ हजार घनमिटरको लक्ष्य राखिएको थियो ।

कार्यालयका अनुसार व्यास नगरपालिका-५, म्याग्दे गाउँपालिका-१, २, ५ हुँदै भिमाद नगरपालिका पुल जोड्ने ल्होचाडाँडा कृषि पर्यटन सडक, व्यासस्थित तालघरे दुम्सीचौर पोख्रेलफाँट, व्यास-११ स्थित बाराही रानी मार्ग, व्यास-१ स्थित पुरानो छाब्दी मार्ग, व्यास-११ स्थित मुक्तिनारायण मोटरमार्ग, घिरिङ गाउँपालिका-५ स्थित कामधेनु मोटरमार्ग, म्याग्दे-४ स्थित छाङ थर्पु मोटरमार्ग, बाँके-कवाचित-लौडारीभञ्ज्याङ कालीमाटी सडक, बन्दीपुर गाउँपालिका-६ स्थित तगारे बासपानी साम्दी चिसापानी मोटरमार्ग, म्याग्देस्थित बेलसोती मार्ग र लुम्दीखोला सडक योजना सम्पन्न भएका छन् ।

यसैगरी सोही अवधिमा जिल्लाका आठ स्थानमा झोलुङ्गे पुल बनेका छन् । कार्यालय प्रमुख आचार्यका अनुसार झोलुङ्गे पुल निर्माणका लागि रु एक करोड ३० लाख बजेट खर्च भएको छ । भिमादमा तीन, बन्दीपुरमा दुइ, आँबुखैरेनीमा एक, शुक्लागण्डकीमा एक र व्यासमा एक झोलुङ्गे पुल बनेका छन् ।

पाँच वटा झोलुङ्गे पुलको विस्तृत अध्ययन प्रतिवेदन -डिपिआर) बाँकी रहेको र तीन वटाको विस्तृत अध्ययन प्रतिवेदन भई प्रदेश मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको आचार्यले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker