तनहुँ प्रहरीद्वारा कुटपिट गरी लुटपाट गर्ने व्यक्ति पक्राउ

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा ट्याक्सी चालक घनश्याम सिग्देललाई कुटपिट गरी लुटपाट गर्ने एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका-१० अधेरीभञ्ज्याङ बस्ने ३० वर्षीय दुर्गा बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

परियारलाई गत फागुन १३ गते पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित जानकी होटलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी गराए । पक्राउ परेकाविरुद्ध आइतबार जिल्ला अदालत तनहुँबाट ज्यान मार्ने उद्योग तथा डाँका चोरी मुद्दा शीर्षकमा छ दिनको म्याद थप गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका-९ बस्ने ट्याक्सी चालक सिग्देललाई गत फागुन १२ गते परियारले कुटपिट गरी लुटेका थिए । ट्याक्सी रिजर्भ गरी भानु नगरपालिका-१२ ओख्लेस्थित एकान्तस्थानमा लगेर लुटपाट गर्ने उद्देश्यले परियारले ट्याक्सी चालकको टाउकोमा ढुङ्गाले हानेका थिए ।

परियारले ट्याक्सी चालकको साथबाट नगद, मोवाइल तथा ट्याक्सी समेत लुटपाट गरी चालकको परिवारलाई फोन गरी फिरौती माग गर्दै आएका थिए । प्रहरीले भानु नगरपालिका-६ सिम्पानीस्थित कच्ची सडकमा ट्याक्सी फेला पारेका थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker