अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “असल बुहारी”लाई सम्मान

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा असल बुहारीहरुलाई सम्मान गरेको छ । वृद्धावस्थामा पुगेका अभिभावकलाई घरमा हेला गर्ने क्रम बढेको भन्दै असल व्यवहार गर्ने बुहारी पहिचान गरी गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाले मंगलबार एक कार्यक्रमका बीच तीन जना बुहारीलाई सम्मान गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार म्याग्दे-७ कि नन्दुमाया थापा, म्याग्दे-४ कि चन्द्रकुमारी कुमालले अशक्त अवस्थामा रहेका एकल पुरूष ससुरा बुवालाई झण्डै एक दशकदेखि स्याहारसुसार गर्दै आएकोमा सम्मान गरेको हो ।

म्याग्दे-७ कि उमा सेनलाई पनि उत्कृष्ट बुहारी सम्मान गरिएको छ । उनले बिरामि भइ पाँच बर्षदेखि ओछ्यानमा थलिएकी सासू आमा कृष्ण कुमारी सेनलाई माया ममताका साथ पाल्दै आएकी छन् । उनिहरुलाई महिला दिवसको दिन गाउँपालिकाबाट पुरस्कृत एवं सम्मानित भएपछि उनिहरुले थप जिम्मेवारी बोध भएको बताएका थिए ।

यस्तै, गाउँपालिकाले अध्यक्षसंग सुत्केरी कार्यक्रम अन्तर्गत ५० जना सुत्केरी महिलालाई पोषण भत्ता बापत रकम हस्तान्तरण गरेको छ । प्रति सुत्केरी तीन हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी गराए ।

कार्यक्रममा उत्कृष्ट स्वयंसेविकाहरू तर्फ वडा नं. १ की विष्णुमाया थापा, वडा नं. ४ कि रिता राना र वडा नं. ७ कि गंगादेवी श्रेष्ठलाई सम्मान गरिएको छ । उत्कृष्ट नर्सिङ सेवामा नर्सिङ इन्चार्ज पार्वती श्रेष्ठ सम्मानित भएकी छन् ।

विभिन्न बिधामा सम्मान गर्ने क्रममा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने महेन्द्र माविकी छात्रा मोनिका सुनार, मीन माविकी सपना परियार, दिपिका श्रेष्ठ, कमला श्रेष्ठ र कलाकार अरूणा गन्धर्वलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । वडा नं. ५ कि सचिव मिरा अधिकारीलाई उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरिएको गाउँपालिकाकी महिला शाखा प्रमुख शारदा गैह्रे पौडेलले बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले ११२ बर्ष अगाडिको लामो आन्दोलन यता आजको दिनसम्ममा महिलाको पक्षमा धेरै उपलब्धी हासिल भएको बताए । नेपालको सन्दर्भमा पनि महिलाको सहभागितामा ३३ प्रतिशत भन्दा बढि सहभागिता अनिवार्य हुनुले महिला पुरूष समान अवस्था तर्फ उन्मुख भएको काफ्लेले बताए ।

उनले भने, ‘सर्वोच्च अदालतको न्यायाधीश महिला हुनु, राष्ट्रपति महिला हुनु, सभामुख महिला हुनु, निजामती प्रशासनमा २६ प्रतिशत महिला हुनु, महिलाले जहाज उडाउनु, जनप्रतिनिधिमा महिला, शिक्षाको क्षेत्रमा धेरै छात्राहरूको सहभागीता, खेलकुदको क्षेत्रमा महिला, लोकसेवा आयोग लगायतमा महिला नेतृत्व तहमा आउन सक्नु नैं महिला अब्बल भएको प्रमाणित हुनु हो ।’

गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले महिला दिवसको दिन बिषेश र महत्वपूर्ण रहेको बताइन् । ‘हामीले महिला अधिकारका लागि धेरै लड्यौं, जेलनेल खायौं अनि बल्ल सफल भयौं’, अध्यक्ष रानाले भनिन्, ‘त्यसैको उपलब्धी आज गर्वका साथ दिवस मनाउन पाएका छौं ।’

कार्यक्रमा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, वडा नं. ६ का अध्यक्ष बसन थापा, कार्यपालिका सदस्य बद्रीका भट्टराइ, कांग्रेसका रामभक्त घिमिरे, एमाओबादिका बालकुमार श्रेष्ठ, राप्रपाका सीता थापा, रत्ना घिमिरे, रामकुमारी केसी, सीता घिमिरे, सहकारीका कमला खनाल, नरमाया आले, चन्द्रमणि अधिकारी, चिनिमाया थापा, सरस्वती वाग्ले, फूलमाया नेपाली लगायतले महिला दिवस र अधिकारका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker