बिमलनगर चुनपहरामा विश्वकर्मा बाबाको मुर्ती स्थापना

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर-४ बिमलनगर स्थित चुनपहरामा विश्वकर्मा बाबाको मुर्ती स्थापना गरिएको छ । पृथ्वीराजमार्गको बिमलनगर र नयाँपुलको बिच भागमा पर्ने अत्यन्तै रमणीय स्थलको रुपमा परिचित चुनपहराको आकर्षक स्थलमा विश्वकर्मा बाबाको मुर्ती प्रतिस्थापना गरिएको चुनपहरा प्रकृतिक रमणीय स्थल संरक्षण समितिका अध्यक्ष एवं बन्दिपुर-४ का वडाअध्यक्ष हरेराम थापाले बताए ।

ठाउँ ब्यवस्थापन, मुर्ती र घण्टीका लागि करिब ५ लाख ६१ हजार रुपैयाँ खर्च भएको समितिका सचिव भानुभक्त थापाले बताए । उनका अनुसार बन्दिपुरका सन्तकुमार श्रेष्ठले ३ लाख ६१ हजार सहयोग गरेका थिए भने भुइमा स्लेट बिच्छ्याउन ३५ हजार रुपैयाँ खर्च ब्यहोर्ने प्रतिबद्धता ब्यक्त भएको गरी ३ लाख ९५ हजार रुपैयाँ, बन्दिपुर केवलकार प्रालिले २ लाख रुपैंया खर्च गरेको समितिकी कोषाध्यक्ष बबिता थापाले बताइन् ।

सहयोगदाताहरु सन्तकुमार श्रेष्ठ र बन्दिपुर केवलकार प्रालिका तारानाथ उपाध्यक्षले संयुक्त रुपमा मुर्ती प्रतिस्थापन गरेका थिए । कार्यक्रममा चुनपहरा संरक्षण समितिका कार्यबाहक अध्यक्ष बेनीबहादुर थापा, सीता थापा, टिकाराम लामिछाने, सुरज जोशी लगायतले चुनपहरा संरक्षण र प्रवर्द्धनका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका थिए ।

त्यस्तै, गोरखा क्षेत्र नं. २ ख का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले विश्वकर्मा बाबाको मुर्तीको दर्शन र सोही स्थानमा निर्माणको क्रममा अलपत्र रहेको जनजाती संग्राहलयको पनि अवलोकन गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker