तनहुँ–कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय

तनहुँ : तनहुँ र कास्की जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । दुई जिल्लाको साझा सुरक्षा चुनौती, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनका विषयमा विहीबार सम्पन्न बैठकले समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकमा शान्तिसुरक्षा कायम राख्ने, विभिन्न प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्ने, लागुऔषधको अवैध ओसारपसार तथा बेचबिखन रोक्ने, अवैध चोरी निकासी नियन्त्रण गर्ने, राजमार्ग तथा सार्वजनिक स्थानको सुरक्षा व्यवस्थापनलगायत विषयलाई प्रभावकारी बनाउने सन्दर्भमा छलफल भएको हो ।
साथै विपद्का घटनामा दुवै जिल्लाका सुरक्षा निकायबीच सूचना आदानप्रदान, उद्धार तथा राहत व्यवस्थापनमा समन्वयात्मक ढङ्गले काम गर्ने विषयमा सहमति भएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।
बैठकले अन्तर जिल्ला सीमाक्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, फरार अभियुक्तको खोजतलास, अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै आवश्यक सूचना तथा सूचनाका आधारमा गरिने सुरक्षा कारबाहीमा दुवै जिल्लाका सुरक्षा निकायबीच निरन्तर समन्वय कायम राख्ने निष्कर्ष निकालिएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान गुरुङले सुरक्षा चुनौती साझा विषय भएकाले सूचना आदानप्रदान र समन्वयलाई अझ सशक्त बनाउनुपर्ने बताए । बैठकमा दुवै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker