भानुमा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले भानु-१ भन्सार हात्तीचौरस्थित नेपाली सेनाको रुरु भैरब दल गणको सहकार्यमा सामुदायिक विपद् प्रतिकार्य तालिम सोमबारबाट सञ्चालन गरिएको छ ।
चार दिनसम्म संचालन हुने तालिममा विपद् आउनु पूर्व अपनाउनु पर्ने सावधानी, विपद्को समयमा गर्नुपर्ने कार्य र विपद् पछिको अवस्थामा गर्नुपर्ने कार्यका बारेमा ब्यवहारिक अभ्यास मार्फत जानकारी गराउने उद्देश्य रहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।
भानु नगरपालिका विपद्को उच्च जोखिम रहेको र विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले पनि तालिमको आयोजना गरिएको उनले बताए । नेपाली सेनाको रुरु भैरब दल गण हात्तीचौरका गणपति प्रमुख सेनानी हिमाचल जङ शाहले विपद्ले जनधनको अकल्पिनिय क्षति हुन सक्ने भएकाले विपद् आउनु अगाबै सबै नगरिक सचेत हुन सके क्षति न्यूनिकरण गर्न सकिने हुँदा यो तालिमले विपद् ब्यवस्थापनमा सघाउ पुर्याउने विश्वास ब्यक्त गरे ।
नगरपालिकाका प्रतेक वडाका स्थानीय संघ संस्थाका प्रतिनिधि १/१ जना, जन प्रतिनिधि १/१ जना, नगर प्रहरी, विपद् प्रतिकार्य समितिका सदस्य लगायत गरी ४० जनाको सहभागिता रहेको तालिममा नेपाली सेनाको रुरु भैरब दल गणका सेनाले तालिम प्रदान गर्ने नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।










