लियो क्लव तनहुँद्वारा विपन्न परिवारको स्वास्थ्य बिमा

भञ्ज्याङ न्यूज

सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहुँ दमौलीले आफनो १३औं चार्टर डे को अवसरमा विपन्न परिवारको स्वास्थ्य बिमा गराइदिएको छ । क्लबले शुक्रबार व्यास-१ चारकुनेमा एक कार्यक्रम आयोजना गरी स्थानीय दिपक मगरको परिवारको स्वास्थ्य बिमा गरिदिएको हो । वडा अध्यक्ष खरसिं दरैले मगरको परिवारलाई स्वास्थ्य बिमाको कार्ड हस्तान्तरण गरे ।

आर्थिक अभावमा मगरको परिवारले स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नपरोस् भनेर विपन्न एक घरपरिवारको स्वास्थ्य बीमा गरिदिएको क्लबका अध्यक्ष सुनिल मिश्रले जानकारी दिए । उनले भने, ‘आर्थिक रुपले विपन्न परिवारको आर्थिक जोखिम न्यूनीकरण गर्न हामीले एक परिवारको स्वास्थ्य बिमा गरेर सुरुवात गरेका हौँ । थोरै रकम कसैले परिवारको आर्थिक जोखिम न्यूनीकरण हुन्छ र स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन सबैले आ-आफनो ठाँउबाट सहयोग गर्न आवश्यक छ ।’

कार्यक्रममा लायान्स क्लब अफ तनहुँका अध्यक्ष कृष्णहरि घिमिरेले क्लबले सह्रनीय कार्य गरेको बताउदै प्रशंसा गरे । मगरको परिवारमा तीन सदस्य रहेका छन्। नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर पाँच वर्ष अघिदेखि सरकारले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ। जसमा परिवारका पाँच सदस्यले वर्षा तीन हजार ५०० रुपैयाँ तिरेर बीमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ । पाँचभन्दा बढीको हकमा भने प्रतिव्यक्ति ७२५ रुपैयाँ बुझाउनुपर्नेछ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी परिवारले वर्षमा एक लाख रुपैयाँसम्मको उपचार तोकिएको अस्पतालबाट निःशुल्क पाउने व्यवस्था गरिएको छ । दमौली आसपासमा स्वास्थ्य बीमा गरेका नागरिकले दमौली अस्पतालनबाट स्वास्थ्य उपचारको सेवा लिन पाउनेछन् । दमौली अस्पतालबाट चिकित्सकको सिफारिशमा अन्य सरकारी अस्पतालबाट समेत सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker