तमु ह्युल छोंज धीं गुरुङ्ग परिषद् तनहुँको पाँचौं जिल्ला अधिवेशन, अध्यक्ष देवबहादुर निर्वाचित

तनहुँ : तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् जिल्ला कार्य समिति तनहुँको १६औँ वार्षिक साधारण सभा तथा पाँचौँ जिल्ला अधिवेशन शनिबार आँबुखैरेनीमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष देवबहादुर तमुको सभापतित्वमा आयोजित वार्षिक साधारणसभाको उद्घाटन गर्दै परिषद्का केन्द्रीय अध्यक्ष धनमान तमुले परम्परागत भाषा, संस्कार, संस्कृतिको संरक्षणमा सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए ।
कार्याक्रममा केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद तमु र मनोज तमु, गण्डकी प्रदेश प्रमुख जितबहादुर तमु, केन्द्रीय सचिवालय सदस्य रगबहादुर तमु, केन्द्रीय सदस्य यम तमु, प्रदेश वरिष्ठ उपाध्यक्ष जीवन गुरुङ, केन्द्रीय सल्लाहकार गंगादेवी तमु, देवघाट इकाईका भुवनसिंह तमु, आँबुखैरेनी गाउँपालिकाका पूर्णबहादुर तमु, खेगी गुरु पृथ तमु र दीपक कोके तमुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, अधिवेशनले आगामी तीन वर्षका लागि अध्यक्ष देवबहादुर तमुको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्ष मनराज तमु, आशादेवी तमुस्यो, सचिव श्रवणकुमार तमु, सह–सचिव भुवनसिंह तमु, प्रचार–प्रसार सचिव काजी कुमार तमु, कोषाध्यक्ष रणबहादुर तमु, सह–कोषाध्यक्षमा प्रतिमा तमुस्यो, सदस्यहरुमा लिलबहादुर तमु, होमबहादुर तमु, कृष्ण कुमारी तमुस्यो, ढकल तमु, टार्जन तमु, कुलप्रसाद तमु, दुर्गाबहादुर तमु, रेशमबहादुर तमु, श्रीकृष्ण तमु र दुर्गालाल तमु निर्वाचित भएका छन् ।
महासचिव मीन तमुले सञ्चालन गरेको कार्यक्रममा तमु समुदायका विद्यार्थी तथा कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।










