खानेपानी कुवाका मर्मत सुधार

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ पयाँस्वारा स्थित सतिपानी पधेराको मर्मत सुधार गर्दै । पहिरोको जोखिममा परेपछि स्थानीय उपभोक्ताहरुले पानीको स्रोत संरक्षणका लागि आर्थिक संकलन गरी मर्मत सुधारको काम अगाडि बढाएको छ ।
यस्तै, पधेरामा रहेको पाटी जिर्ण बनेपछि स्थानीय सन्तुमाया सुनारको परिवारले पाटी पुनः निर्माण गर्ने भएको छ भने उपभोक्ताले जलदेबी मन्दिर पनि निर्माण गर्ने तयारी गरेका छन् ।
तस्विर : भञ्ज्याङ