व्यासनगर साइनिङ स्टारको नवौं संस्करण : साउन १२ र १३ गते अडिसन हुने

भञ्ज्याङन्यूज

तनहुँमा व्यासनगर साइनिङ स्टारको नवौं संस्करण हुने भएको छ । जेसीआई व्यासनगरले सञ्चालन गर्दै आएको साइनिङ स्टारको नवौं संस्करणका लागि यही साउन १२ र १३ गते दमौलमिा अडिसन गर्ने भएको छ ।

बालबालिकाहरुको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यका साथ सञ्चालन गर्दै आएको व्यास नगर साइनिङ स्टारको अडिसन यास-४ स्थित दमौली कलेजको प्रांगणमा हुने आयोजकले शनिबार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

यस कार्यक्रमको फिनाले भने भदौ १५ गते हुने जेसीआई व्यास नगरका अध्यक्ष राजु रानाले बताए । यसअघि नगर क्षेत्रका ९-१४ बर्ष उमेर समुहका बालबालिकाले अडिसन दिन पाउने व्यवस्था रहेकोमा यस बर्षदेखि १०-१५ बर्षउमेर समुहका बालबालिका अडिसनमा सहभागी गराइने भएको छ ।

अडिसनबाट छनोट हुने २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशीक्षण र तालिम प्रदान गरिने कार्यक्रमका मुल संयोजक अजर नागिलाले बताए ।

एक महिने प्रशीक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ स्टार घोषित गरिने भएको छ ।

व्यास नगर साइनिङ स्टार २०२२ को उपाधि जित्नेलाई नगद रु २५ हजार २३, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । फस्ट रनर अफले १५ हजार २३ रुपैयाँ र सेकेण्ड रनर अफ हुनेलाई १० हजार २३ रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट ड्रेस, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्टि्रव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने आयोजकले जनाएको छ ।

१० विधामा उत्कृष्ट हुनेलाई जनही रु २ हजार र आकर्ष पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम मूल संयोजक नागिलाले बताए ।

व्यास नगर साइनिङ स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरुले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेकाले यसले समाजलाई महत्वपूर्ण योगदान पुगेको पूर्व अध्यक्ष एकप्रसाद श्रेष्ठले बताए ।

प्रतियोगिताको मुख्य उद्देश्य नै व्यक्तित्व र नेतृत्व विकास भएको बताउँदै बालबालिकालाई टिकट बिक्री गर्न प्रेसर नगर्ने श्रेष्ठले बताए । उनले भने ‘विद्यालय समय प्रभावित नहुने गरी पढाइको अतिरिक्त हामीले बालबालिकाको जीवन सफल र र्सार्थक बनाउन विभिन्न जीवनपयोगी सीप प्रदान गर्ने गर्र्छौं ।’

बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ स्टार प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker