छङ्गेली नेवा खल दमौलीमा कायस्थ चयन

भञ्ज्याङ समाचारदाता/दमौली

छङ्गेली नेवा खल दमौलीको शुक्रबार सम्पन्न १६औ साधारण सभा तथा छैटौ अधिवेशन शेर कुमार कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जुन नारायण श्रेष्ठ, उपाध्यक्ष चन्द्रकुमार कायस्थ, सचिव नारायण मल्ल, कोषध्यक्ष विष्णु कुमार कायस्थ, सहसचिव मलिन मल्ल, सहकोषाध्यक्ष मन नारायण श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरुमा हर्ष नारायण कायस्थ, मन नारायण मल्ल, लक्ष्मण श्रेष्ठ, राम मल्ल, दोव नारायण मल्ल, देव नारायण श्रेष्ठ चयन भएको बताइएको छ ।

छङ्गेली नेवा खल दमौलीका अध्यक्ष शुक नारायण मल्लको अध्यक्षतामा आयोजित साधारण सभा तथा अधिवेशनले चार जना नयाँ पाले समेत चयन गरेको छ । पालेहरुमा श्याम लाल कायस्थ, राम नारायण मल्ल, देव नारायण श्रेष्ठ र मन नारायण श्रेष्ठ छन् । क्या. तारा लाल मल्लको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यहरुमा एक प्रसाद श्रेष्ठ, हर्ष नारायण कायस्थ रहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker