पुस २३ गते एमाले तनहुँको अधिवेशन, सचिवको जिम्मेवारी सिग्देललाई

भञ्ज्याङ न्यूज

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) तनहुँले यही पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ । हालै चितवनमा सम्पन्न दशौं महाधिवेशनपछि काठमाडौंमा बसेको बैठकले सबै जिल्ला र प्रदेशको अधिवेशन गर्ने मिति तोकेको छ ।

एमाले तनहुँको शनिबार दमौलीमा सम्पन्न बैठकले पुस २३ गते अधिवेशन गर्ने गरी आवश्यक तयारी थाल्ने निर्णय गरेको छ ।

बैठकमा स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले पार्टीको पछिल्लो गतिविधिका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

यस्तै, सोही बैठकले एमाले तनहुँको कार्यवहाक सचिवको जिम्मेवारी उपसचिव विष्णुभक्त सिग्देललाई दिने निर्णय गरेको छ । सचिव भवगती न्यौपाने केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सिग्देललाई कार्यवहाक सचिवको जिम्मेवारी दिइएको पार्टी कार्यालयले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker