मानहुँकोट एक परिचय

आकाश अधिकारी/तनहुँ

संघीय गणतान्त्रिक नेपाल गण्डकी प्रदेशको तनहुँ जिल्ला सदरमुकाम नजिक अवस्थित सुन्दर एवं मनोरम महाभारत पर्वत शृंखला हो मानहुँकोट । यस पर्वतीय शृंखलालाई लामि डाँडा भनेर समेत पुकार्ने गरिन्छ। संघीय राजधानी काठमाडौदेखि १५२ किलोमीटर पश्चिम पृथ्वी लोकमार्गको काठमाडौ-पोखरा खण्डमा पर्दछ ।

तनहुँ जिल्लाको प्रख्यात महाभारत पर्वत शृंखला मध्य मानुङ्गकोट ब्यास नगरपालिका अन्तर्गत ५ नम्बर वार्डमा पर्दछ । समुन्द्री सतहबाट ११०० मिटरको उचाईमा अवस्थित यो पहाड आर्यन नाक जस्तो चुच्चो छ। भौगोलिक रुपमा जस्तो भएतापनि सदियौदेखि मगर समुदायको बाहुल्यता रहेको छ । इतिहास कोट्याउदै जानेहो हो भने बि.स. १४०० को शुरूवातमा अन्यत्रबाट खनाल थरको प्रवेश भएको सुन्नमा आउछ आधिकारिकता भने इतिहासकै गर्भमा छ।

नेपाली भाषाका आदिकवि भानुभक्तको ससुराली गाउँको रुपमा परिचीत यो वस्तिमा पानीको अभाव भएका कारण मानिसहरू बसाइँसराइ गरेपछि पछिल्लो समयमा भने मगर समुदायको बाहुल्य रहेको देखिन्छ । सामन्ती राज्यव्यवस्थाको विरुद्धमा आवाज बुलन्द गर्ने किसान आन्दोलनका अगुवा एकदेव आलेको जन्म मानहुँकोटमा बि.स. १९८० मा भएको थियो ।

आफ्नै गौरवमय इतिहास रहेको मानहुँकोट गलेखामकोट राज्यको दक्षिणी सुरक्षाकवचको रुपमा तत्कालिन बाईसे चौबीसै कालमा लिने गरिन्थ्यो । उत्तर तर्फसाघे र म्यादे फाटको जगमा उभिएको यो महाभारत शृंखलाको दक्षिण तर्फसेती नदी उर्लदै बगेको छ भने पर्ुवतर्फ मादी नदी र सेती नदीको संगम स्थल छ । पश्चिम तर्फसेती नदी र म्याग्दे खोलाको दोभान रहेको छ छाङ्ग मुलावारीदेखि मानहुँकोटसम्म झन्डै १२ किमि लमतन्न फैलिएको यो माहाभारत शृंखला पृथ्वी लोकमार्गको दक्षिणी भेगमा पर्दछ ।

छाङ्ग हटिया, डाँकु जहाँबाट डाँकको -हुलाकी केन्द्र स्थल) तत्कालीन अवस्थामा काम हुने गर्दथ्यो। त्यस्तै कोलडाँडा जहाँ आजपनि परम्परागत तेल पेल्ने कोल छ तर्सथ सो ठाउँको समेत कोलडाँडा भनेर आजपनि प्रख्यात छ । पाडेथोक, बतासे, किलचोक सिप्ले, गुन्जारा, डुन्डाँडा, थानसिङ्ग, बहपुर, बर्च्याङ्ग हुँदै मानहुँकोटसम्म फैलिएको महाभारत शृंखलाबाट उत्तर नियल्दा माछापुच्छ्र्रे अन्नपूर्ण हिमशृंखला मनास्लु, गणेश हिमाल धौलागिरी हिमाल लगायतका मनोरम तथा सुन्दर हिमशृंखला देख्न सकिन्छ । दक्षिणपूर्वमा समान उचाइमा रहेको काँहुडाँडा सामुन्ने देख्न सकिन्छ। मानहुँकोटको दक्षिणी कोखमा सुन्दर शान्त गुफा समेत रहेको छ । दक्षिण पश्चिम सेती नदी पारी भने ऐतिहासिक महत्व बोकेको ऋषिङ्गपाटन लगायत पूर्वी नवलपरासी, पाल्पा र स्याङ्जा जिल्लाका अग्ला पहाडहरु देख्न सकिन्छ ।

सांस्कृतिक बिबिधता भौगोलिक रुपमा समानता रहेको यो महाभारत शृंखलामा अधिकांस रुपमा मगर जातिको बदोवास रहेको छ । तत्कालीन अवस्थामा विविध जनजातिको बसोबास रहेको बुझन र पढन सकिन्छ । सांस्कृतिक रुपमा मानहुँकोट मगरजतिको बाहुल्य भएका कारण कौरा, सोरठी, मारुनी साथै लोपोन्मुख घाँटु नाँचले यहाँको सांस्कृतिक पहिचान र गरिमा बोकेको छ । यसै पर्वतीय शृंखलाको पश्चिमी भाग अर्थात पुच्छरमा रहेको छाङ्ग हटिया नेवारहरुको पुरानो बस्ती हो । छाङ्गदेखि मानहुँकोटसम्म विभिन्न आदिवासी, जनजाति ब्राहृमण, क्षेत्रीको बसोबास रहिआएको छ । सरदार यदुनाथ खनाल कुशल प्रशासक, कूटनीतिज्ञ, विद्वान साथै नेपाली भाषिक र साहित्यको क्षेत्रका गहना हुन । सरदार यदुनाथ खनालले बि.स. १९९२ सालमा यस.यल.सी.मा बोर्डफस्ट हासिल गरेका थिए ।

त्यसैगरि एकदेव आले मानुङ्गकोटामा जन्मेर राणा शासनदेखि निर्दलीय पन्चायती व्यवस्था को विरुद्धमा विभिन्न मोर्चामा रहेर तनहुँमा मात्रै नभई देशव्यापी उत्पीडनमा रहेका किसानको मुक्तिका खातिर अनवरत लडाइँ लडने एकदेब आले राजनैतिक तथा आम किसानको मुक्तिका खातिर आफ्नो जिन्दगीलाई र्समर्पण गर्ने होनहार किसान मुक्तिका आन्दोलनका अभियन्ता तथा नेता एकदेव आले नेपाली इतिहासमा स्वणिर्म अक्षरमा लेखिएको नाम हो । नेपालको इतिहासमा “हलो क्रान्ति” “किसान मुक्ती आन्दोलन” “जस्को जोत उस्को खेत”का अभियन्ता एकदेब आलेको जन्म वि.स. १९८० मा मानुङ्ग कोटमा भएको थियो । बि.स. २०२६ सालमा अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । यस अर्थमा पनि मानुङ्गकोटको बिशिस्टता र महत्व अझ उचाइमा छ। साथै भौगोलिक एवं प्राकृतिक रुपमा पनि मानहुँकोट अग्लो साथै सुन्दर छ ।

तनहुँको सदरमुकाम दमौलीदेखि ७ किमि मोटरमार्गमा रहेको यो स्थान पछिल्लो चरणमा आन्तरिक पर्यटनको आकर्ष केन्द्रको रुपमा विकसित भएको छ । हिउँदमा व्यास पराशरमा लाग्ने कुहिरो तथा मादी सेती नदीको संगमस्थल दमौलीको दृश्य अवलोकन गर्ने उद्देश्यका साथ बर्षोनि हजारौं आन्तरिक तथा बाहिरी पर्यटक भित्रने गर्छन् । केही बर्षयता मानहुँकोट पर्यटकीय आकर्षणको केन्द्र बन्न पुगेको छ । तर्सथपनि मानहुँकोट ऐतिहासिक, राजनैतिक, सांस्कृतिक एवं भौगोलिक रुपमा महत्वपर्ूण्ा महाभारत पर्वत शृंखला हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker