तनहुँमा विद्युत् वितरण प्रणालीमा सुधार गरिंदै

दमौली : नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले वितरण प्रणाली सुधार र विद्युतीकरणलाई प्राथमिकतामा राखेको छ । कार्यालयले विभिन्न ठाउँमा वितरण प्रणाली सुधार गर्दै विद्युतीकरण भइरहेको जनाएको छ ।
सुदृढीकरण तथा क्षमता वृद्धिअन्तर्गत आँबुखैरेनी सबस्टेसनमा पाँच र आठ एमभिए टूान्सफर्मर रहेकामा ती एमभिएलाई वृद्धि गरी आठ र १६ दशमलव छ जडान गरिएको केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए । उनका अनुसार व्यास नगरपालिका–६ शिशाघाट क्षेत्रमा सात सय र अन्य स्थानमा दुई सय ५० गरी ९५० काठका खम्बा परिवर्तन गरिएको छ ।
अन्य स्थानमा रहेका सिमेन्ट तथा फलामका १५५ खम्बा पनि फेरिएको रेग्मीले जानकारी दिए। उनका अनुसार जिल्लाका म्याग्दे गाउँपालिकाको फलामडाँडा, गाउस्वाँरा, देउराली, अर्घालेटार, आँबुखैरेनीको सत्रसय, थुम्का, दुईपिप्ले, वाग्लेफाँट, व्यासको शिशाघाट, शेरा, घाँसीकुवा, आँबुलगायत विभिन्न स्थानमा दुई सय र तीन केभिए ट्रान्सफर्मर जडान गरिएको छ ।
कार्यालयलाई वितरण प्रणाली सुधारका लागि रु तीन करोड बजेट प्राप्त भएकामा उक्त बजेटबाट दमौली भोर्लेटारचोकबाट बेलबाससम्म नाङ्गोतार हटाउने ‘साइज अपग्रेड’ गरी एबिसी केबल राखिएको रेग्मीले बताए । डुम्रेबाट साजबोटेसम्म नाङ्गोतार हटाएर छ किलोमिटरसम्म ‘कभर कन्डक्टर’ तानिएको उनले बताए ।
ग्रामीण विद्युतीकरणअन्तर्गत देवघाट गाउँपालिकाका सार्वाङ्ग, काफलडाँडामा ११ मिटरका एक सय स्टिलका खम्बा तथा आठ र नौ मिटरका पाँच सय स्टिलका खाम्बा राखिएको छ । रेग्मीका अनुसार सोही गाउँपालिकाको बगन्दी, जामुनेमा, बिमिस्वारा, घण्टाचुली, वाटकमा ११ मिटरका एक सय तथा आठ र नौ मिटरका एक हजार ५० थान स्टिलका खम्बा राखिएका छन् ।
विद्युत् प्राधिकरणको रु ८० लाख र संघीय सरकारबाट प्राप्त रु ८० लाखको लागतमा जिल्लामा यसअघि छुटपुट भएका केही स्थानमा विद्युतीकरणको काम सम्पन्न गरिएको रेग्मीले जानकारी दिए । म्याग्दे गाउँपालिका–६ कुसुन्डे, बन्दीपुर गाउँपालिका–५ सत्रसय थुम्का, म्याग्दे–३ गाउस्वाँरा, बन्दीपुर–५ फलामडाँडा, भानु नगरपालिका–७ देउरालीटारमा लाइन विस्तार तथा ट्रान्सफर्मर जडान गरिएको उनले बताए ।
यसैगरी व्यास–११ घाँसीकुवा र शेरामा दुई वटा ट्रान्सफर्मर थप, व्यास–१२ छिर्कने तल्लो बजारमा ट्रान्सफर्मर थप, व्यास–१० शेरा, बिपीभञ्ज्याङ, मङ्गलीगैरामा भोल्टेज सुधार, व्यास–१ गल्वुबेँसी, चारकुने, तालघरे, डाँडाटोल, रतौली, भादगाउँमा लाइन विस्तार तथा भोल्टेज सुधार र व्यास–७ शेरामा ट्रान्सफर्मर थप गरिएको रेग्मीले बताए । देवघाट गाउँपालिकाका केही ठाउँ र साविक शिशाघाट सामुदायिक क्षेत्रमा छुटपुट विद्युतीकरणका लागि बजेट अपुग भएकाले तत्काल काम गर्न नसकिएको उनको भनाइ छ ।
वितरण केन्द्रको कार्यक्षेत्र तनहुँसहित कास्की र लमजुङ जिल्ला पर्दछ । केन्द्रको कार्यक्षेत्रमा व्यास नगरपालिकाका सबै वडा, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका–९, १०, ११ बाहेक सबै वडा, देवघाट गाउँपालिका–१, २, ३, ४ र ५, ऋषिङ गाउँपालिकाका सबै वडा, म्याग्दे गाउँपालिकाका सबै वडा, लमजुङको मध्यनेपाल नगरपालिका–१, २, ३, ४, ५ र कास्कीको रुपा गाउँपालिका–३ र ४ पर्दछन् ।
कार्यालयले मुख्य कार्यालयसहित १३ उप–वितरण तथा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । केन्द्रका अनुसार तनहुँ वितरण केन्द्र चापाघाट कार्यालय तथा काउण्टर, डुम्रे उपवितरण केन्द्र, आँबु उपवितरण केन्द्र, दुईपिप्ले पिप्ले नोलाइट, थर्पु नोलाइट, बन्दीपुर, ऋषिङ, केशवटार, नारेश्वरटार, पुर्कोट, बसन्तपुर, सेपाबगैँचा, चन्द्रावती, पोखरीछाप नोलाइट तथा फ्युज सेवा केन्द्रबाट सेवा प्रवाह भइरहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker