भारतमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन् ।

उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन ।

गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस-वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो । सो घटना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनी त्यसअघि सुल्तानपुरमा प्रखर सामाजिक कार्यकर्ताको रुपमा परिचित थिइन् ।

रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गोली हानिएको हो ।

‘म बोलेरो चढेर फर्किंदै थिएँ । तीन जना व्यक्ति ओभरटेक गरेर म चढेको गाडी रोके र गाली गर्दै हत्या गर्ने धम्की दिए,’ उनले बीबीसी हिन्दीसँग भनेकी छन्, ‘उनीहरुले मेरो गाडी चालकको कन्चटमा पेस्तोल राखेका थिए । मैले एक जनालाई गालामा हिर्काएँ, त्यसपछि उनीहरुले ममाथि गोली चलाएर भागे ।’ गोली हान्नेहरूलाई नचिनेको उनले बताएकी छन् । अनलाइनखबरबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker