जिल्ला कारागार तनहुँलाई पुस्तक हस्तान्तरण

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला कारागार तनहुँलाई पुस्तक हस्तान्तरण गरिएको छ । टिम नेपो उपलब्ध गराएको पुस्तक व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सामूहिक रुपमा कारागारका सहायक जेलर नारायणप्रसाद अधिकारीलाई विहीबार हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा कारागारमा पुस्तकालयसमेत स्थापना समेत गरिएको छ । उक्त अवसरमा नगरप्रमुख न्यौपानेले युवा पुस्ताले देखाएको रचनात्मक कार्य प्रशंसनीय रहको बताए । कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी ज्ञानबर्द्धक बनाउन सफलता मिल्ने उनले बताए ।

यस्तै, प्रजिअ आचार्यले संख्यात्मकभन्दा पनि गुणात्मक किसिमका पुस्तकहरु वितरण गर्न सकिए त्यसले सार्थकता पाउन सक्ने बताएका छन् । टिम नेपोका केन्द्रीय अध्यक्ष निगम पौडेलले अनुसन्धानका क्रममा कारागारमा पुस्तक आवश्यक देखिएकाले यसलाई अभियानकै रुपमा अघि बढाउन लागिएको जानकारी गराए ।

देशैभरीका कारागारमा आवश्यकता अनुरुपका पुस्तक र पुस्तकालय स्थापनाका लागि अभियानकै रुपमा लैजाने उद्देश्य रहेको उनले बताए । संस्थाले कारागारलाई रु एक लाख १७ हजार मूल्य बराबरका एक हजार पाँच पुस्तक प्रदान गरिएको टिम नेपोका जिल्ला अध्यक्ष गोविन्द तिमिल्सेनाले बताए ।

अभियान अनुरुप शुरुमा अर्घाखाँची, स्याङ्जा र तेश्रो जिल्लाका रुपमा तनहुँको कारागारमा पुस्तक वितरण तथा पुस्तकालय स्थापना गरिएको संस्थाका सचिव मीनबहादुर कुँवरले जानकारी दिए । कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरणपश्चात उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन सहयोग पुग्नुका साथै मानसिक स्वास्थ्यका लागि पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्ला कारागारमा कैदी १८७ र थुनुवा ८२ गरी २६९ जना रहेको कारागार प्रशासनले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker