बन्दिपुरको अध्यक्षमा मानकाजीको स्वतन्त्र उम्मेदवारी

पार्टीले टिकट नदिएपछि बन्दिपुरको अध्यक्षका लागि काँग्रेस बन्दिपुरका नेता मानकाजी श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। पार्टीबाट अध्यक्षका आकांक्षी श्रेष्ठले टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठ तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले पार्टीका हरेक गतिबिधिमा सक्रिय रहेको र गत २०७४ सालमा पनि आफु टिकट पाउनबाट बञ्चित भएको बताएका छन् । पार्टीलार्इ आवश्यक पर्दा आर्थिकदेखि भौतिक सबै सहयोग गरियो, हरेक दुःख गरियो तर पार्टीका आसेपासेका कारण स्वतन्त्र उम्मेदवारी दिएर चुनाबमा होमिनु पर्ने बाध्यता आएको उनले बताएका छन् ।
यस्तै, तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षका लागि पुनः दाहेर्याउने इच्छा जाहेर गर्दै माओबादि केन्द्रबाट निर्वाचित अध्यक्ष पूर्णसिंह थापा र उपाध्यक्षले उम्मेदवारी दिएका छन् । त्यसैगरी माओबादीले वडा नं १ बाट पुरानै अनुहार भानुभक्त पोख्रेललार्इ अघि सारेको छ । वडा नं २ बाट तिलक कुँवर सुशील, वडा नं ३ बाट नारायण खत्री, ४ बाट अरबिन्द्र भट्टरार्इ, ५ बाट पूरानै वडाअध्यक्ष ध्रुब लामिछाने र वडा नं ६ बाट ज्ञानेन्द्र गुरुङले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी नेपाली काँग्रेसबाट पालिका अध्यक्षका लागि ध्रुवलाल प्रधान र उपाध्यक्षमा पञ्चमायाँ गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । वडा नं १ बाट इमनाथ खनाल, २ बाट राजु बानियाँ, ३ बाट परमेश्वर भट्टर्राई, ४ बाट सीता थापा, ५ बाट रिता तिवारी र वडा नं ६ बाट गणेश गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेबाट पालिका अध्यक्षमा सुरेन्द्र थापा, उपाध्यक्षमा फूलमाया थापा, वडा नं १ बाट शिबकुमार श्रेष्ठ, २ बाट कृष्ण कार्की, वडा नं ३ बाट रेशम थापा, ४ बाट कार्यबहाक वडा अध्यक्ष भै काम गरेका दान बहादुर थापा, ५ बाट मिमबहादुर गुरुङ र वडा नं ६ बाट बलबहादुर गुरुङको उम्मेदवारी दर्ता गरेका छन्।
यसैगरी जनमुक्ति पार्टीबाट पालिका अध्यक्षका लागि दिल बहादुर थापाको उम्मेदवारी परेको छ भने पालिका अध्यक्षका लागि स्वतन्त्रबाट केशब अधिकारी, मानकाजी श्रेष्ठको उम्मेदवारी परेको छ। पालिका उपाध्क्षका लागि जसपाबाट जुम बहादुर गुरुङ, स्वतन्त्रबाट केशमाया गुरुङ -जोशी समूह) र लक्ष्मी गौतमको उम्मेदवारी परेको छ । यसैबीच आफूले अघिल्लो पटक नै टिकट पाउनु पर्ने तर सहमतिमा यो पटक अरुले दाबी नगर्ने मौखिक समझदारी भए पनि पटक पटक धोका पाएको भन्दै माओबादी केन्द्र बन्दिपुरकार् इञ्चार्ज समेत रहेका जीवन कायस्थले आजका मितिदेखि स्वतन्त्र रहेको घोषणा गरेका छन् । आफु बागी नउठ्ने तर स्वतन्त्र रहने बताएका छन् ।










