व्यास नरपालिकामा परियार जातिको तथ्याङ्क संकलन गरिने

भञ्ज्याङ न्यूज

परियार सेवा समाज तनहुँले परियार जातिको तथ्याङ्क संकलन गर्ने भएको छ । समाजले मंगलबार ब्यास नगर स्तरीय परियार जातिको तथ्याङ्क संकलन सम्बन्धी प्रशिक्षण कार्यक्रम गरी उक्त निर्णय गरेको हो ।

प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले परियार समुदायको बास्तबिक अबस्थाको सहि तथ्याङ्क संकलन गरी उनिहरुलाई सक्षम बनाउन नगरपालिकाको तर्फाट सकारात्मक कदम चाल्ने बताए ।

परियार सेवा समाज तनहुँका अध्यक्ष गणेश गोतामेको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका केन्द्रीय सचिब एवं गण्डकी प्रदेश संयोजक लाल बहादुर परियारले समाजको केन्द्रीय गतिबिधिका विषयमा जानकारी गराएका थिए । देशको उच्च तहमा परियार जातिको सहभागिता बढाउने उद्देश्यले तथ्याङ्क संकलन अभियान सुरु गरिएको समाजका अध्यक्ष गोतामेले बताए । ब्यासबाट यो अभियान सुरु गरी जिल्लाका १० वटै पालिकाबाट पनि तथ्याङ्क संकलन गरिने उनले बताए।

कार्यक्रममा व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्र मायाँ परियार, समाजका निबर्तमान अध्यक्ष राम बहादुर गुइदेल, संस्थापक अध्यक्ष भेगराम परियार, बन्दिपुर गाउँपालिका कार्यपालिका सदस्य मिनाराम परियार लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker