जाजरकोट भुकम्प पीडितलाई सहयोगार्थ रक्तदान

जाजरकोट भुकम्पबाट पीडितहरुलाई सहयोगार्थ तनहुँको बन्दीपुरमा शुक्रबार आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा सहभागि रक्तदाताहरु । नेपाल रेडक्रस सोसाइटी चितनको प्राविधिक सहयोगमा बन्दीपुर परिश्रमी युवा समुह, रेष्ठुरेण्ट बाल एसोसियसन (रेबान) तनहुँ, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइ, क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुर बजार इकाइ, बन्दीपुर पर्यटन विकास समिति, जुनतारा युवा क्लवले संयुक्तरुपमा आयोजना गरेको रक्तदानमा ५० जनाले रक्तदान गरेका छन् । तस्विर : भञ्ज्याङ










