तनहुँका ३ जना पुरुष सहित गण्डकी प्रदेशमा एकैदिन २३ जना संक्रमितको मृत्यु

भञ्ज्याङ न्यूज

तनहुँका तीन जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। गण्डकीका विभिन्न जिल्लाका पोखरामा उपचाररत १९ जनाको मृत्यु भएको हो भने बाँकी ४ जनाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विवरण सार्वजनिक गरेको छ ।

योसँगै गण्डकीमा वैशाख महिनामा मात्र १३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म गण्डकीमा मृत्यु हुनेको संख्या ३४१ पुगेको छ । कोरोना संक्रमण सुरु भए यता गण्डकीमा एकै दिन यति धेरै मृत्यु भएको यो पहिलो पटक हो । यसअघि सबैभन्दा बढी १६ जनाको ज्यान गएको थियो ।

यस्तै कोरोना संक्रमणबाट तनहुँको भिमाद नगरपालिका-६ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी-६ का ४८ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका-३ का ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

पोखरा-१५ की ४५ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई २६ गते कोरोना संक्रमण देखिएर अस्पताल भर्ना गरिएको थियो ।

वैशाख २६ गते चरक मेमोरियलमा भर्ना भएका कास्की-४ का ८२ वर्षीय संक्रमित पुरूषको बिहान मृत्यु भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा-१३ का ६० वर्षीय संक्रमित पुरूष, पोखरा-२८ कै ४८ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा-३३ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने पोखरा-१७ का ३१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा ज्यान गएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत तानसेन नगरपालिका-३ की ७७ वर्षीय महिला, पोखरा-२३ का ७६ वर्षीय पुरुष, पोखरा-१७ का ६३ वर्षीय पुरुष, कास्की-२५ का ४२ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै रुपा गाउँपालिका-१ का ६६ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार नगरपालिका-६ का ३३ वर्षीय पुरुष, आँधिखोला गाउँपालिका-३ स्याङजाका ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा ज्यान भएको छ ।

स्याङ्जा गल्याङ नगरपालिका-३ का २६ वर्षीय पुरुषको ज्यान गएको छ । बागलुङ बडिगाड गाउँपालिका-४ का ४० वर्षीय पुरुष, बागलुङ नगरपालिकाका ३९ वर्षीय पुरुष, बागलुङ-७ का ६३ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा शुक्रबार ६८० संक्रमित थपिएका छन् । अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमणबाट कास्की जिल्ला प्रभावित छ । गण्डकीमा कुल सक्रिय संक्रमितको संख्या ७ हजार २५७ पुग्दा कास्कीमा मात्र ३ हजार ६३० छन् । कास्कीमा मृत्यु हुनेको संख्या १८५ पुगेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker