व्यास नगरपालिकाको तनहुँ कृषि तथा पशुपंक्षी मेला स्थगित
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले यही माघ ३० गतेदेखि सञ्चालन गर्ने तयारी गरेको तनहुँ कृषि तथा पशुपंक्षी मेला स्थगित गरिएको छ । नगरपालिकाले तीन दिनसम्म गर्न लागेको मेला कोरोना जोखिमका कारण स्थगित गरिएको जनाएको छ ।
कोभिड-१९ संक्रमण फैलन गई नेपाल सरकारले २५ जना भन्दा बढीको संख्यामा भीडभाड नगर्नु भनी सार्वजनिक सूचना समेत जारी गरेकाले अर्को सूचना नभएसम्मका लागि मेला स्थगित गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्दलले बताए ।
मेलामा अत्याधिक भीड हुने अवस्थालाई मध्यनजर गरी अहिले उक्त मेला गर्न उपयुक्त नठानिएका कारण स्थगित गर्नुपरेको उनले बताए।










