कृयापुत्री भवन सञ्चालन सम्बन्धी कार्यविधि खारेज, नागरिक स्तरमबाटै सञ्चालन गर्ने निर्णय

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाले वडा नं. ३ स्थित व्यास गुफा परिसरमा निर्माण गरिएको मानव सेवा आश्रम कृयापुत्री भवन सञ्चालन सम्बन्धी कार्यविधि २०७७ खारेज गरेको छ । नगर कार्यपालिकाको आइतबार नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नियमित बैठकले व्यास नगरपालिका र विभिन्न दाताहरुबाट वडा नं. ३ व्यास गुफामा निर्माण भएको मानवसेवा आश्रम कृयापुत्री भवन सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ खारेज गरेको हो । नगर सभाले उक्त भवन सञ्चालन व्यवस्थापन गर्न नागरीक स्तरबाटै समिति बनाइ संस्था दर्ता गरी प्रकृया अघि बढाउन वडा नं. २, ३, ४ का वडाअध्यक्षहरुको परामर्शमा ७ जनाको समिति गठन गर्ने गरी व्यास-३ निवासी एवं उक्त भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई संयोजनको जिम्मा दिने निर्णय गरेको छ ।

यस्तै, उक्त बैठकमा भुमिहिन र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क संकलन सम्बन्धी विवरण भुमिहीन दलित ७२०, भुमिहीन सुकुम्बासी ४७८, अव्यवस्थित बसोबासीहरुको ६ हजार १३३ समेत जम्मा ६ हजार ८५३ रहेको जानकारी गराइएको छ । साथै उक्त संकलित विवरणहरुको छानविन गरी प्रमाणीकरण गर्ने प्रकृया सम्बन्धमा भुमी सम्बन्धी जिल्ला समितिका पदाधिकारी सदस्यहरुसंग अन्तरक्रिया गर्ने र प्रकृया अघि बढाउने बैठकले निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी गराएका छन् ।

बैठकले विपद् सम्बन्धमा व्यास नगरपालिका भित्रका बाढीबाट बिग्रीएका कुलो, बाँध, खेतहरुको पुनःस्थापना सम्बन्धी समितिबाट भए गरेका कार्यहरुको विवरण प्रस्तुत गरी अनुमोदन गरेको छ । साथै घर निर्माण गर्नुपर्ने बाढी पीडितहरुको तथ्याङ्कलाई पुनः वडागत रुपमा पुनःमुल्याङ्कन गरी प्रमाणीकरण पश्चात राहत वितरणको प्रकृया अघि बढाउने निर्णय भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित महिला खुल्ला हाफ म्याराथन दौडका लागि १० जिल्लाका ५६ जनाको नाम दर्ता भएको र प्रशिक्षणका लागि राष्ट्रिय खेलाडी रमेश भट्टचन, कान्छीमाया कोजुँलाई आमन्त्रण गरिएको विवरण छ । व्यास गुफादेखि तनहुँसुर दरवारसम्म हुने उक्त म्याराथन सफल पार्न सम्पुर्ण व्यास नगर बासी, तनहुँ बासी दाजुभाई दिदीबहिनिहरुमा नगरपालिकाले अनुरोध गरेको छ । यही चैत्र ३० गते व्यास नगरपालिकाको स्थापना दिवस मनाइने र उक्त दिने पुर्व जनप्रतिनिधि, वर्तमान जनप्रतिनिधिहरु समेत नगरबासीहरुको सहभागितामा हालसम्म भए गरेका कार्यहरुको समिक्षा गर्दै आगामी कार्य योजना समेत जानकारी दिने गरी भव्यताका साथ मनाउने निर्णय बैठकले गरेको पण्डितले जानकारी गराएका छन् ।

नयाँ वर्षको अवसरमा दमौलीमा दुइ दिन सडक महोत्सव गरिने

यस्तै, नयाँ वर्ष २०७८ को उपलक्ष्यमा वैशाख १ र २ गते व्यास नगरपालिका वडा नं २, ३ स्थित सफा सडक, मालपोत लाइन, उद्योग वाणीज्य संघ, अनसन चौतारी क्षेत्रमा स्थानीय सरोकारवालाहरुको पहलमा सडक महोत्सव आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।

नगरपालिका सडक पुर्वाधार निर्माण एवं शासकीय सुधारका लागि शहरी विकास विभागसंग विश्व बैंकको सहयोगबाट प्राप्त ७५ करोड बराबरको सम्झौता सम्पन्न भएको बैठकमा जानकारी गराउँदै नगरप्रमुख न्यौपानले शहरी विकास विभाग एवं सहयोग दाता संस्थालाई धन्यवाद व्यक्त गरेका छन् ।

यस्तै, व्यास-१० स्थित वैरेनी क्षेत्रमा जग्गा विकास आयोजनालाई व्यास नगर विकास समितिको सिफारीस अनुसार नगरपालिकाकै तर्फबाट सञ्चालन स्वीकृतीका लागि नेपाल सरकारमा अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । व्यास नगरपालिका भित्र जग्गा सम्याउने कार्यमा व्यवस्थित गर्न आवश्यक देखिएकाले कृषि व्यवसाय सम्बन्धी उद्देश्य र अन्य उद्देश्य समेत एकिन गराइ निस्चित दस्तुर लिई वातावरणीय असर नपर्ने गरी नियमनका साथ जग्गा सम्याउने अनुमति प्रदान गर्ने सम्बन्धी कार्यविधि बैठकले पारित गरेको छ ।

व्यास नगरपालिकाको प्रस्तावमा नेपाल सरकार पर्यटन मन्त्रालयमा प्रस्तावित व्यास पराशर क्षेत्रको विकास अभियानमा महर्षी वेदव्यासको १०८ फिट अग्लो मुर्ति निर्माणमा सहभागिता समेतको ७ करोड रुपैयाँको प्रस्ताव (४ करोड ५५ लाख नेपाल सरकार र २ करोड ४५ लाख नगरपालिका समेत स्थानीय दाताहरुको लागत सहभागिता) स्वीकृत भई आएकाले उक्त मन्त्रालयलाई धन्यवाद ज्ञापन गरिएको छ । गुरुयोजना अनुसारको ८ करोड १४ लाख ५ हजार ८१ रुपैंया १९ पैसाको टेण्डर प्रकृया ३ दिन भित्र प्रकाशन हुने गरी अगाडी बढेको बैठकमा जानकारी गराइएको थियो । त्यस्तै, बैठकमा अन्य विविध प्रस्तावहरु समेत प्रस्तुत गरिएको र त्यस उपर छलफल एवं निर्णय भएको जानकारी गराइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker