कांग्रेस तनहुँको क्षेत्रीय कोषाध्यक्षमा भट्टराइ, प्रवक्तामा मिश्र

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस तनहुँले क्षेत्रीय कोषाध्यक्ष र प्रवक्ता मनानित गरेको छ । आइतबार बसेको क्षेत्र नम्बर १ को पहिलो बैठकले कोषाध्यक्ष मा व्यास-२ का पविन्द्र भट्टराइ र प्रवक्तामा व्यास-८ का हरिप्रसाद मिश्रलाई मनोनित गरिएको छ ।

बैठकले क्षेत्र नं. १ भित्र रहेका प्रत्येक नगरपालिका र गाउँपालिकाभित्र रहेका नेपाली कांग्रेसका नगर कार्य समिति, गाउँपालिका कार्य समिति र वडा कार्यसमितिलाई सक्रिय बनाउदै छुटेका मतदाता नामावलीमा नाम दर्ता गराउनको लागि सहयोग गर्ने निर्णय गरेको क्षेत्रीय समितिका सहसचिव शैलेश खातीले जानकारी दिए ।

सभापति श्याम कुमार मौरतीको सभापतित्वमा बसेको बैठकले क्षेत्र नं. १ अन्तर्गत रहेका ४२ वटै वडामा टोलकार्य समिति यथासक्य छिटो सम्पन्न गर्नको लागि नगर एवं गाउँपालिका सभापति र वडा सभापतिहरुलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले बन्दिपुर गाउँपालिका-६ हुस्लाङमा भएको जीप दुर्घटनामा परि नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हरि बहादुर न्यौपाने र उनकी धर्मपत्नी सुशीला न्यौपाने लगायत ६ जनाको मृत्यु भएको घटना प्रति दुःख व्यक्त गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker