विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको बन्दिपुर-१ डुम्रेको श्री सत्यसाइ बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । सहकारीले बन्दिपुर-४ लोही स्थित सिद्धदेवी प्राथमिक विद्यालयमा अध्यानरत २० जना विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यालय ब्यवस्थापन समितिले आयोजन गरेको एक कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष राज कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र पिया, लेखा समिति संयोजक सुजन श्रेष्ठ, शिक्षा समिति संयोजक नेक महमद मियाँ लगायतले विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार सुनार र विद्यालयका प्रधानाध्यापक धन बहादुर थापाको समन्वयमा सहकारीले करिब २० हजार मूल्य बराबको सामाग्रि वितरण गरेको संस्थाका कार्यालय प्रमुख अमुत बस्नेतले जानकारी गराए ।