आदिकवि भानुभक्त क्याम्पसको प्रशासकीय भवन निर्माणका लागि सम्झौता

दमौली : तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले निर्माण गर्न लागिेको प्रशासकीय भवनको निर्माण सम्झौता गरेको छ । क्याम्पसले मंगलबार कम्पनी मातृभूमि डेभलपर्स एन्ड इन्जिनियर्स काठमाडौँसंग निर्माण सम्झौता गरेको हो ।
आगामी २०८१ माघ मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हडखले र निर्माण कम्पनीका तर्फबाट कम्पनीका व्यवस्थापक सविन पोखरेलले हस्ताक्षर गरी सम्झौता गरेका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष खर सिं दरै, निर्माण समितिका संयोजक क्या. सहवीर उचाइ र आर्थिक समितिका संयोजक गोपाल सुर्खालीको उपस्थितमा सम्झौता गरिएको भवन निर्माणका लागि विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले क्याम्पसलाई आ.व. २०८१/०८२ मा १ करोड आर्थिक अनुदान सहायता उपलब्ध गराएको क्याम्पस प्रमुख हड्खलेले जानकारी गराए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker