अरिङ्गालले चिल्दा एकजनाको मृत्यु

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिङ्गालले चिल्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।

सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राती पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनको गण्डकी अस्पताल पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

अरिङ्गालले चिल्दा घाइते भएका कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker