तनहुँ समाज हङकङद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ समाज हङकङले आइतबार दुइ जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले तनहुँको ऋषिङ गाँउपालिका वडा नं ८ पल्ट्याङ्ग घर भएका दुइ जना मृगौला पीडितलाई नगद रु. ४ लाख ५७ हजार आर्थिक सहयोग गरेको हो । दुबै मृगौला फेल भइ उपचारको क्रममा रहेका ४१ वर्षीय लुम बहादुर रिमाली र ३६ वर्षीय खिम बहादुर नेपालीलाई समाजको तर्फाट आर्थिक सहयोग गरिएको हो । मंगलबार खैरेनीटारमा समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले पीडित द्धयलाई भेटेर नगद रकम हस्तान्तरण गरेका हो ।

पीडित नेपालीलाई २ लाख ७४ हजार २ सय र रिमालीलाई १ लाख ८२ हजार ८ सय रुपैयाँ सहयोग गरिएको समाजका सचिव सुवित गुरुङले जानकारी दिए ।
उनीहरुको नियमित डायलाइसिस लगायतको उपचारमा रकम अभाव भएको खबर स्थानीय टोल बहादुर थापाले हङकङमा रहेका आफ्ना दाई लालबहादुर थापालाई बताएपछि उनको सक्रियतामा हङकङमा रहेका नेपालीहरुबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण गर्दै पूर्व अध्यक्ष गुरुङले बिगतदेखि नै दुख पीडामा समाजले मलम लगाउने काम गर्दै आएको बताए । विदेशमा रहेर पनि यहाँका दुखी पीडितहरुको आवश्यकता अनुसार सहयोग गर्न पाउदाँ खुशी लागेको उनको भनाई छ । साथै प्राप्त रकम सही सदुपयोग गर्न समेत उनले पीडितहरुलाई आग्रह गरे ।

हाल गण्डकी मेडिकल कलेज पोखरामा डाइलासिस गर्दै आएका नेपालीले मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेकाले उक्त रकमले ठुलो राहत महसुस भएको बताए । त्यस्तै गरी दमौली अस्पतालबाट विगत ५ वर्षदेखि डाइलासिस सेवा लिदै आएका रिमालीले पनि उपचारमा सहयोग पुग्ने भन्दै रकम प्रति आभार व्यक्त गरे ।

तनहुँमा बिगतदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुख पीडामा परेको खबर आउन साथ हङकङमा विभिन्न सिलसिलामा पुगेका नेपालीहरुसँग समन्वय गरी आफ्नो कमाइबाटै सहयोग रकम पठाउदै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker