तनहुँको व्यास-१ स्थित भादगाउँ खानेपानीका लागि नगर विकास कोषसंग ऋण सम्झौता

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषको सहयोगमा आयोजना सञ्चालनका लागि सम्झौता गरेको छ । संस्थाले नगर विकास कोषसँग तीन करोड ८१ लाख रुपैयाँ ऋण लगानीका लागि सम्झौता गरेको हो ।

खानेपानी तथा सरसफाइ क्षेत्र सहलगानी आयोजना अन्तर्गत भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न नगर विकास कोषसँग सम्झौता गरेको हो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्तितर्फ) रु १५ करोड २४ लाख ३६ हजारको २५ प्रतिशतले हुने रकम रु तीन करोड ८१ लाख कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैबीच ऋण सम्झौता भएको छ ।

ऋण सम्झौतामा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको उपस्थितिमा जमानतकर्ताको रूपमा हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव तथा सदस्यको पनि उपस्थिति थियो ।

व्यास नगरपालिका-१ सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान रकम रु १० करोड ६७ लाख, नगर विकास कोषबाट २५ प्रतिशत ऋण रकम रु तीन करोड ८१ लाख र पाँच प्रतिशत रकम रु ७६ लाख २१ हजार उपभोक्ता संस्थाबाट व्यहोरिने अध्यक्ष दरैले बताए । उक्त आयोजना निर्माणपश्चात सन् २०२३ मा चार हजार २९२ घरधुरी र डिजाइन वर्षसन् २०३३ मा छ हजार ३७८ घरधुरीलाई मुहान स्रोत र सम्पवेल पम्पिङमार्फत चौबीसै घण्टा खानेपानी पुर्‍याउने लक्ष्य छ ।

जनताको आधारभूत आवश्यकतासँग जोडिएको आयोजनाको कोषबाट विभिन्न पक्षहरूको मूल्याङ्कनपश्चात भएको ऋण सहयोगले आयोजनालाई दिगोरूपमा आगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दरैले बताए । व्यास नगरप्रमुख न्यौपानेले सहरीकरणतर्फ तीव्ररूपमा अगाडि बढेको व्यास नगरपालिकमा केही वर्षयता हरेक वर्ष ५०० को हाराहारीमा घर निर्माण भइरहेकाले ठूला खानेपानी आयोजना अपरिहार्य रहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker