नक्कली नोट सहित पक्राउ परेका दुइ जनालाई तनहुँ प्रहरीले सार्वजनिक गर्‍यो

नक्कली नोट सहित तनहुँमा पक्राउ परेका दुइ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार सार्वजनिक गरेको छ ।

प्रहरीले मंगलबार व्यास नगरपालिका-१ गल्वुवेशीबाट नवलपुरको बुलिङटार गाउँपालिका-१ थामबेसी ठिमुरेटोल स्थायी घर भएका २० व।्षीय विनोद रामदास भनिने विशाल विक र सोही ठाउँका ३० वर्षीय गमबहादुर गरन्जालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै जनालाई बुधबार तनहुँ जिल्ला अदालतबाट मुद्रा सम्बन्धी मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले बताए । उनले भने, ‘पक्राउ परेकाहरुको साथबाट नक्कली एक हजार रुपैयाँका १७६ थान नोट बरामद भएको छ ।’

व्यास-१ गल्वुवेशीमा रिचार्ज कार्ड खरिद गरी उक्त नक्कली नोट दिँदा स्थानीयलाई शंका लागेपछि प्रहरीमा खबर गरेका थिए । स्थानीयवासीले उपलब्ध गराएको हुलियाका आधारमा प्रहरीले रामदासलाई नक्कली एक हजार रुपैयाँको नोट समेत पक्राउ गरेको थियो ।

प्रहरीले निजलाई पक्राउ गरी सोधपुछ गर्दा निजको साथी गरञ्जालाई बन्दीपुर गाउँपालिका-१ डुम्रेबाट पक्राउ गरेको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए । दसैंका बेला नक्कली नोट दिएर ठगी गर्ने गिरोह सक्रिय हुने भएकाले शंका लागेमा तत्कालै प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले पक्राउ परेका दुइ जनाका साथीलाई पश्चिम नवलपरासीबाट बुधबार नै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बुलिङटार घर भएका २८ वर्षीय कृष्ण रामदास र तनहुँको ऋषिङ गाउँपालिका-३ का २४ वर्षीय सुरज सुनुवारलाई पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चार जना भारतमा काम गर्दथे । यिनीहरुमध्ये एक जनाले छिटो पैसा कमाउने उपाय आफूसँग रहेको बताएपछि चन्द्रौटा आएर नक्कली नोट छाप्ने काम गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक विष्टले बताए । उनले भने, ‘त्यसपश्चात् दुइ जना बुटवलतिर लागेको र अन्य दुइ जना तनहुँ आएको देखिन्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker