फोहरमैला व्यवस्थापन अध्ययनका लागि व्यासका प्रतिनिधि वालिङमा

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारी फोहरमैला व्यवस्थापनको अवलोकनका लागि स्याङ्जाको वालिङ र भिरकोट नगरपालिका पुगेका छन् । ल्याण्डफिल्ड साइडको समस्या भोग्दै आएको व्यासले फोहरमैला व्यवस्थापनका लागि वालिङ र भिरकोट नगरपालिकाको मंगलबार अध्ययन गरेको हो ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको नेतृत्वमा पुगेको टोलीले फोहरमैला रिसाइक्लिङ केन्द्र र टि्रटमेन्टर सेन्टरको अवलोकन गरेको थियो। सो अवसरमा फोहरमैला व्यवस्थापनको चुनौति एवं कार्यान्वयन प्रकृयाको बारेमा छलफल भएको व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

अध्ययन टोलीमा उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, नगरको बजार क्षेत्रका वडाध्यक्षहरु, कर्मचारी सहभागी छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker