मानव वन्यजन्तुुबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पानी पोखरी निर्माण अभियान

तनहुँका सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तनहुँले यहाँका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ र सामुदायिक वनले १५ गरी कूल तीस वटा पोखरी निर्माण गरिने भएको हो ।

मानव वन्यजन्तुुबीचको द्वन्द्व न्यूनीकरणका लागि नयाँ पोखरी निर्माण अभियान थालिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौतारिँदै मानव बस्ती छिर्ने क्रममा मानवीय क्षति हुने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको उहाँले बताउनुभयो ।

खोल्साखोल्सीमा पानीको स्रोत नहुनु र कहीँकतै पानीको स्रोत भएका स्थानबाट पनि सबै पानी बस्तीमा लैजाने प्रवृत्तिले मानव तथा पशुपन्छीबीच द्वन्द्व हुने गरेको बताइएको छ । उहाँले भन्नुभयो “भानुभक्तको समयमा घाँसीले कुवाँ खनाए भने अब वन्यजन्तुुका लागि मूल, कुवा, पोखरीको संरक्षण गर्नुपर्ने देखिएको छ ।” मानवबस्तीमा पुगेको चितुवाले पानी खाएर अघाएपछि उसको नजिकमा देखा परेका मानव तथा पशुपालनप्रति आक्रमण गर्ने गरेको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

मांसाहारीजन्य वन्यजन्तुुका लागि खानेपानीको पोखरी र आहार प्रजातिको लागि कलिलो घाँस (घाँसेमैदान) व्यवस्था गर्ने गरी मानव वन्यजन्तुु द्वन्द्व न्यूनीकरण गर्न अभियान थालिएको छ ।

“सामुदायिक वनलाई पन्ध्र वटा पोखरी निःशुल्करुपमा निर्माण गर्नका लागि आग्रह गरेका छाँै”, उहाँले भन्नुभयो, “पोखरी खन्छौँ भनी प्रतिबद्धता जनाएर गएका छन्, अब केही दिनमै पोखरी निर्माण भए नभएको अनुगमन गर्ने योजना बनाएका छौँ ।”

जिल्लाको बन्दीपुर, आँबुखैरेनी, भानु, व्यास र शुक्लागण्डकी नगरपालिकास्थित वनजङ्गल आसपास क्षेत्रमा पानीको पोखरी निर्माण गर्न लागिएको हो । डिभिजन वन कार्यालयबाट रु ५० हजारदेखि रु एक लाखसम्मको पन्ध्र वटा पोखरी निर्माण गर्ने योजना रहेको बताइएको छ ।

उक्त क्षेत्रमा चरीबाघ, चितुवा, स्याल, मृग र बँदेल नगण्य देखिएका छन् । चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई घरघरमा उज्यालो बनाएर राख्न, घर वरपर झाडी पन्छाउन र पशुपालन गोठ सुधार गरी मजबुत बनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker