जनसहयोगी मावि सम्जुरमा एक लाख एक सय एक रुपैयाँको अक्षयकोष स्थापना

भानु : तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित जनसहयोगी माध्यमिक विद्यालयमा एक लाख एक सय एक रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । तिहारको अवसर पारेर सतिस्वारा–मिर्लुङ समाज कतारले विद्यालयमा उक्त अक्षयकोष स्थापना गरेको हो ।
विद्यालयले सञ्चालन गरेको देउसीभैलोका क्रममा समाजले विद्यालयको दिगो सञ्चालनका लागि उक्त अक्षयकोष स्थापना गरेको समाजका अध्यक्ष देवेन्द्र बानियाँले बताए ।
यसैबीच विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि भानु–१३ माझगाउँ निवासी अफ्तार मियाले करिब १५ हजार रुपैयाँ बराबरको खेलकुद पोशाक उपलब्ध गराएका छन् ।
दुवै सहयोगी दातालाई विद्यालयले सम्मान गरेको विद्यालयका शिक्षक एवं सूचना अधिकारी तईप मियाले जानकारी दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker