करेन्ट लागेर मृत्यु भएका बृद्वको परिवारलाई राहत

भञ्ज्याङ समाचारदाता/ऋषिङ

तनहुँको ऋषिङ गाउँपालिका-८ मा करेन्ट लागेर मृत्यु भएका एक बृद्धको परिवारलाई मंगलबार नेपाल विद्युत प्राधिकरण तनहुँले राहत प्रदान गरेको छ । ऋषिङ्ग-८ निवासी ७२ बर्षीय दल बहादुर रानाको करेन्ट लागेर मृत्यु भएपछि उनको परिवारलाई काजक्रिया बापत रकम उपलव्ध गराइएको हो ।

सोही वडाको अजम्बरी सल्लाघारी बनमा दाउरा खोज्न जाने क्रममा करेन्ट लागेर रानाको मृत्यु भएको थियो । प्राधिकरणको लापरबाहीका कारण बृद्धको करेन्ट लागेर मृत्यु भएपछि निजका परिवारलाई बीस हजार रुपैयाँ उपलव्ध गराइएको छ ।

नेपाल बिद्युत प्राधिकरण भिमादका प्रमुख तुल बहादुर नगरकोटी मार्फत उक्त रकम उपलब्ध गराइएको छ । उक्त रकम नेपाल रेडक्रस सोसाइटीका जिल्ला सदस्य महेन्द्र कुमार श्रेष्ठ, नेरेसो ऋषिङ्गमा सभापती रमेश कुमार श्रेष्ठ, ऋषिङ गाउँपालिका योजना शाखाका प्रमुख दानबहादुर श्रेष्ठ लगायतको उपस्थितमा हस्तान्तरण गरिएको छ । प्राधिकरणले मृत्यु भएकाका परिवारलाई उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बर्ढाई नियम अनुसार उपलव्ध गराउन जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker