क्षेत्रीय होटल संघ बन्दिपुरमा प्रधान सर्वसम्मत चयन
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

क्षेत्रीय होटल संघ तनहुँ बन्दिपुर बजार इकाईको सभापतिमा संगिता प्रधान सर्वसम्मत चयन भएकि छन् । संघको मंगलबार सम्पन्न १२औ साधारण सभा तथा छैटौं अधिबेशनले प्रधानको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपसभापतिमा फूलमती थापा, कोषाध्यक्षमा सुजन श्रेष्ठ र सदस्यहरूमा कुमार श्रेष्ठ, दिनेश महत, नानू श्रेष्ठ र सन्तोष प्रधान रहेका छन् ।
अधिवेशन उद्घाटन गर्दै क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले ब्यबसायिहरू एकजुट हुनुपर्ने बताउँदै कोरोना कहरका कारण थल परेको होटल व्यवसायलाई सहज बनाउने सरकारले ध्यानदिनुपर्नेमा जोड दिए ।
इकाई सभापति बिपिन प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा उद्योग बाणिज्य संघ बन्दिपुर सभापति घनश्याम उपाध्याय, पुष्कर प्रधान लगायतले बन्दिपुरको पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने हुँदा यो क्षेत्रमा आवद्ध व्यवासयीहरु सम्वेदनशिल बन्न आग्रह गरेका थिए ।










