व्यासको ९ निर्णय : माघ १६ गते गरिदै आइएको अल्ट्रा म्याराथन स्थगित

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले हरेक वर्ष शहीद दिवसका दिन माघ १६ गते गर्दै आएको अल्ट्रा म्याराथन कार्यक्रम स्थगित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको कार्यापालिका बैठकले कोरोना संक्रमण बढ्दै गएकाले यस वर्ष अल्ट्रा म्याराथन प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

कार्यपालिका बैठकले बिगतका बैठकका निर्णयहरु समिक्षा गर्दै माघ २१ गते गर्ने तयारी गरिएको ३६औं नगर सभाको तयारीका लागि विषयगत समिति, नगर प्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारि दिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ का विभिन्न १ हजार ४७ योजनाहरु मध्ये ३४९ योजनाहरु सम्पन्न भएका र ४२० योजनाहरु सम्झौता भई कार्यान्वयनको चरणमा रहेको बैठकमा जानकारी गराइएको थियो । यस्तै, २७८ योजनाहरु सम्झौताको तयारीमा रहेको र कुल विनियोजित रकमको ३२ प्रतिशत रकम खर्च भएको बैठकमा समिक्षा गरिएको थियो ।

नगरपालिका भित्रको फोहोर मैला व्यवस्थापन गर्नका लागि ५० देखी १०० रोपनिसम्म प्रति सार्वजनिक जग्गाको खोजी गरी गुरुयोजना निर्माण पश्चात तीन महिना भित्र सरसफाई केन्द्र व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी गराए ।

नगर सभाबाट आ.ब २०७८/०७९ का लागि स्वीकृत अनुमानित आय १ अर्ब ७७ करोड ८९ लाख १२ हजारमा संघीय सरकारबाट ५८%, प्रदेश सरकारबाट ३४%, राजश्व बाँडफाडबाट ३३%, आन्तरीक स्रोत ४२% प्राप्त भएको बैठकमा विवरण पेश गरिएको थियो ।

यस्तै, विद्यमान कोरोना संक्रमणको प्रभाव विभिन्न क्षेत्रमा पर्दै गएकाले सम्पूर्ण नगरबासीमा स्वास्थ्य मापदण्ड पालना गर्न र कोरोना संक्रमणको शंका लागेमा पिसिआर परिक्षण प्रयोगशाला व्यास-१०, दुम्सी बजारमा निःशुल्क परिक्षणका लागि आग्रह गरिएको छ ।

विश्व बैंकको सहयोगमा शहरी विकास विभागसंग शासकीय सुधार अतरगत गरिएको सम्झौता अनुसार २५ पार्टीहरुको प्रारम्भिक प्राविधिक सहयोगको इच्छा पत्रको मुल्याङ्कन गरी प्राथमिकता तोकि आठ पार्टीलाई प्राथमिकता तोकी शहरी विकास विभागमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, प्रदेश सरकारबाट माग भएको नव प्रवर्तनीय साझेदारी कोष अन्तरगतको कार्यक्रममा सहभागीताका लागि प्रस्ताव पेश गर्न पूर्वाधार तथा योजना शाखालाई जिम्मेवारी तोक्ने निर्णय गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker