मानवअधिकार उल्लंघन तथा ज्यादतीबाट तनहुँमा २१ जना पीडित

दमौली : तनहुँमा मानवअधिकार उल्लंघन तथा ज्यादतीबाट २१ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले आइतबार दमौलीमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा तथा तनहुँ जिल्लाको मानवअधिकार अवस्थाको विषयमा अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
मानवअधिकार वर्ष पुस्तकका लागि संकलित घटनाहरूको विषयमा सरोकारवाला निकायहरूको सुझाव संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा तनहुँमा २१ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका जनाइएको छ ।
इन्सेकको तथ्याङ्क अनुसार १४ महिला र ७ पुरुष गरी २१ जना पीडित भएका छन् । ती घटनाहरूमा ४ हत्या, ८ बलात्कार तथा यौनजन्य दुव्र्यवहार, २ मानव बेचविखन, ४ कुटपिट तथा धम्की, ३ बालअधिकार हनन् र १ सम्पत्ति क्षतिको घटना रहेको इन्सेकका जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सो अवधिमा भएका घटनाहरू सार्वजनिक गरेका थिए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले लोकतन्त्रको आन्दोलनमा इन्सेकको योगदान महत्वपूर्ण रहेको बताउँदै वर्तमान समयमा मानवअधिकार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिन थालेको धारणा राखे । संविधानमा उल्लेख गरिएका मानवअधिकारको कार्यान्वयन तीनै तहका सरकारले गर्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले मानवअधिकार उल्लंघनमा प्रहरीको शून्य सहनशीलताको नीति रहेको उल्लेख गर्दै घरेलु हिंसा अन्त्य र मानवअधिकार प्रत्याभूतिका लागि कानुनअनुसार काम गरिने प्रतिबद्धता व्यक्त गरे ।
महिला मानव अधिकार रक्षक सञ्जालकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले तनहुँका सचिव प्रदीपराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्व बास्तोला, नेपाली काँग्रेसकी जिल्ला कार्य समिति सदस्य सिर्जना तिवारी लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker