नेपालमा पनि कोरोना संक्रमण बढ्यो : बिहीबार ५४० जनामा संक्रमण पुष्टि

नेपालमा पनि कोरोना संक्रमण बढेको छ । पछिल्लो तीन महिना यताको आज बिहीबार संक्रमितको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा मुलुकमा ५४० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ९९ नमुना (७२०९ पीसीआर र ४८९० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

सोही अवधीमा थप १ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । २७१ जना निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमित संख्या ५४३१ पुगेको छ । १ लाख २० हजार जनाले बिहीबार कोभिडविरुद्धको खोप लगाएका छन् ।

आजको दैनिक संक्रमणदर झन्डै ७ प्रतिशत पुगेको छ । आज पुष्टि भएको संक्रमण गत तीन महिनायताकै उच्च हो । गत कात्तिक १० गते ५८२ संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं उपत्यकामा आज ३१० जना संक्रमित थपिएका छन् जसमा काठमाडौं जिल्लामा २२१ जना, ललितपुरमा ५९ र भक्तपुरमा ३० जना संक्रमित थपिएका छन् ।

पीसीआर परीक्षण गर्दा कूल संक्रमित संख्या ५ लाख ३० हजार ४८० र एन्टीजेन परीक्षण गर्दा ९६ हजार ४४५ संक्रमित पुष्टि भएको छ । कूल मृत्यु ११ हजार ६०२ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker