ऋषिङको दुबुङमा आदिकवि भानुभक्त क्याम्पसको मितेरी गाउँ सबलिकरण

तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले तनहुँको ऋषिङ गाउँपालिका-३ दुबुङमा मितेरी गाउँ सबलिकरण कार्यक्रम गरेको छ ।
ऋषिङ-३ का वडा अध्यक्ष भीमबहादुर थापा, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्दै ग्रामीण पर्यटन प्रवर्द्धनमा मितेरी गाउँ कार्यक्रम प्रभावकारी हुने बताए ।
क्याम्पसको मितेरी गाउँ दुबुङ मगर समुदायको बसोबास छ । क्याम्पसले दुबुङलाई मितेरी गाउँ घोषणा गरी उक्त गाउँमा करिब एक वर्षदेखि सवलिकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
क्याम्पसले सबलिकरण कार्यक्रम अन्तर्गतका शान्ति मावि दुबुङका कक्षा १ देखि ५ कक्षासम्म अध्ययनरत न्यून आय भएका ३६ जना विद्यार्थीहरूलाई स्टेसनरी तथा झोला वितरण, आमा समूह, इन्द्रेणी युवा क्लब, माथिल्लो दुबुङ र तल्लो दुबुङ टोल विकास संस्था, बाल क्लब, बाटो निर्माण समिति, सामुदायिक वन उपभोग समिति, गुठी, होमस्टे व्यवस्थापन समिति, वडा समिति लगायत विभिन्न संघ संस्थाका पदाधिकारी एवं सदस्यहरू सहभागी ता रहेको थियो ।
कार्यक्रमका सहभागीहरूलाई वित्तीय साक्षरता सचेतना, संस्थागत विकास सम्बन्धी प्रशिक्षण, दुबुङका सामाजिक संस्थाहरूका लागि क्याम्पस र मितेरी गाउँको सम्बन्धका विषयमा सहजिकरण, मगर भाषा र संस्कृतिको संरक्षण र सम्बर्द्धनका विषयमा सहजिकरण, डिजिटल दुबुङ कार्यक्रमको सहजीकरण, स्वावलम्बन समूहहरुको लेखा व्यवस्थापन लगायतका विषयमा सहजिकरण गरिएको बताइएको छ ।










