अटोले दियो रोजगारी

निशा थापा मगर/दमौली

कुनै पेशा व्यवसायी नहुँदा बेरोजगार बनेका व्यास नगरपालिका-१ का आइत बि.क रोजगार खोज्दै खाडी मुलुक पसे । हातमा कुनै सीप र पढाइपनि नभएका बि.क कतारमा करिव ५ बिताए । बैदेशिक रोजगारीमा पनि भनेजस्तो भएन र उनलाई स्वास्थ्यले पनि साथ नदिएपछि उनी २०६९ सालमा स्वादेश फर्किए ।

स्वादेश फर्किएको एक वर्षसम्म उनी बेरोजगार नै बसे । घर परिवार चलाउन धौ धौ भएपछि २०७० सालमा पैदल रेक्सा खरिद गरी चलाउन थाले । यो पेशाबाट केही आम्दानी हुन थालेपछि उनलाई दैनिकी चलाउन सहज पनि भयो । उनले भने, ‘५ वर्ष बिदेशमा भौतारिए सोचेजस्तो भएन, अहिले आफ्नै ठाउँमा आएर रिक्सा चलाएर जीविकोपार्जन गर्दै छु ।’

‘पाँच वर्ष बैदेशिक रोजगारीमा गए, टाउको दुख्ने समस्य देखिन थालेपछि घर फर्किको थिए’, उनले भने, ‘अन्य पेशा रोजगारी नभएको हुँदा सुरुका दिनमा पैदल रिक्सा चलाउन थाले । पैदल रिक्सा चलाएको पाँच वर्षपछि नारायणघाट गएर इ-रिक्सा ल्याए । इ-रिक्सा पनि राम्रोसंग चलेन र अहिले पेट्रोलबाट चल्ने अटो रिक्सा चलाउदै छु ।’

‘मैले नै दमौलीमा पहिलो पटक इ-रिक्सा चलाउन थालेको थिए’, दमौली अटो चालक समितिका अध्यक्ष समेत रहेका बि.कले भने, ‘सुरुका दिनमा बजार क्षेत्रमा इ-रिक्सा चलाउन निकै संघर्ष गर्नुपर्‍यो । एक्लै इ-रिक्सा चलाउदा ट्राफिक, यातायात व्यवसायीहरुबाट धेरै दुःख खेप्नुपर्‍यो । अहिले त धेरै सहज भएको छ ।’

यस्तै, बैदेशिक रोजगारीबाट फर्किएका अर्का व्यास-१३ का हेमबहादुर बि.क पनि पाँच वर्षदेखि दमौलीमै अटो चलाउँदै आएका छन् । उनले भने, ‘सुरुसुरुमा इ-रिक्सा चलाउथे तर, उकालो नतान्ने, पल्टिने जस्ता समस्यले गर्दा पेट्रोलबाट चल्ने अटो चलाउन थाले । अहिले यसले उकालो पनि तान्छ र यात्रुलाई पनि उकालोमा झर्नु पर्ने बाँध्यता छैन। र मेरो जीविकोपार्जन पनि भएको छ ।’

समितिका अनुसार हाल दमौलीमा एउटा इ-रिक्सा, ३० वटा यात्रु बोक्ने अटो र १० वटा मालवाहक अटो संचालनमा छन् । विशेष गरी बैदेशिक रोजगारीबाट फर्किएकाहरु, रिटाइर्ड आर्मीहरु, लेवर काम गर्नेहरु लागयतले अटो चलाउदै आाएको भेटिन्छन् ।

जिल्लाको दमौली, खैरेनी, भिमाद, शुक्लागण्डकी, देवघाट, आँबुखैरेनी, डुम्रे क्षेत्रमा गरी करिव एक सयवटा अटो चल्ने समितिका अध्यक्ष वि.कले बताए । यात्रु भेटिएको बेला ग्रामीण क्षेत्रमा समेत जाने उनले बताए ।

यस्तै, अटो सञ्चालन हुँदा आवतजावतमा सहज भएको व्यास-२ अमरापुरीकी अस्मिता अधिकारीले बताइन् । ‘अहिले गर्मी धेरै छ, घाम पनि उत्तिकै लाग्छ । हिडेर बजार गएपनि घर फर्किनेबेला भने सकस नै हुन्छ’, उनले भनिन्, ‘भित्रि सडक त्यही माथी जम्मा डेढ/दुइ किलोमिटर र्सार्वजनिक सवारी साधन पनि पाइदैन । अहिले आवश्यक पर्ने वित्तिकै अटोले घरसम्मै पुर्‍याइदिन्छ ।’

‘छोटो दुरीमा आवतजावत गर्नका लागि सार्वजनिक सवारी साधन, नगरबस छैनन्’, उनले भनिन्, ‘राजमार्गमा सार्वजनिक सवारी साधन सञ्चालनमा छन् तर भित्रि सडकमा भने अटोले निजी सवारी साधन नहुने यात्रुको यात्रा सहज बनाएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker