ऋषिङका पहिरोपीडितको हातमा जग्गाधनी लालपूर्जा

गत असार २८ गते राति परेको अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोमा पुरिएर ऋषिङ गाउँपालिका-८ भैंसीकिल्लीका थापा परिवारको पाँच सदस्यको मृत्यु भएको थियो भने पाँच घर पूर्णरुपमा क्षति भएको थियो ।

भञ्ज्याङ समाचारदाता
दमौली १५ असोज

पहिरोमा पुरिएर तनहुँको ऋषिङ गाउँपालिकाका आमबहादुर थापा परिवारको पाँच सदस्यको मृत्यु भएको थियो । गत असार २८ गते राति परेको अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोमा पुरिएर ऋषिङ गाउँपालिका-८ भैंसीकिल्लीका थापा परिवारको पाँच सदस्यको मृत्यु भएको थियो भने पाँच घर पूर्णरुपमा क्षति भएको थियो ।

पहिरोले थापासहित स्थानीयवासी हरिकुमार थापा, हिरासिं थापा, भविसरा सुनारी मगर र देवकुमारी थापाको घर पूर्णरुपमा क्षति पुर्‍याएपछि ऋषिङ गाउँपालिकाले उनीहरुका लागि जग्गा किनेर जग्गाधनी लालपूर्जा प्रदान गरेका छन् ।

पहिरोको उच्च जोखिममा रहेकाले उक्त क्षेत्रबाट ती घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । जग्गा खरिद गरी हातमा लालपूर्जा प्रदान गरेपछि उनीहरुले घर निर्माणका लागि प्रक्रिया अघि बढाएको उनले बताए।

पहिरोका कारण घर तथा भौतिक संरचना पूर्णरुपमा क्षति भएका पाँच घरपरिवारलाई रु एक लाखका दरले कूल रु पाँच लाख रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले प्रति परिवारका लागि सात आनाका दरले जग्गा खरिद गरी जग्गाधनी लालपूर्जा हस्तान्तरण गरेको हो । उनले भने, “गाउँपालिकाले प्रति परिवारका लागि २० हात मोहडा र ४० हात पिछाड भएको जग्गा घर निर्माण तथा अन्य प्रयोजनका लागिसमेत पुग्ने गरी सात आना उपलब्ध गराइएको छ ।”

गाउँपालिकाले सुरक्षित स्थानमा जग्गा खरिद गरी स्थ्ाानान्तरण गरेपछि पीडित परिवारले सुरक्षितको अनुभूति गरेको स्थानीय देवबहादुर थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker