आदिकवि भानुभक्त क्याम्पसमा फलफूलका विरुवा रोपण

भञ्ज्याङ न्यूज

तनहुँको व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा राष्ट्रिय वृक्षारोपण दिवस-२०७८ का अवसरमा फलफूलका विरुवा रुपण गरिएको छ । गण्डकी प्रदेश सभाका सदस्य डोवाटे विकले छात्रावास प्राङ्गणमा आँपको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए ।

उनले आफ्नो नेतृत्वमा १७ वर्षको अथक प्रयत्नपछि निर्माण सम्पन्न गरी छात्रावास भवनलाई क्याम्पसको जिम्मामा लगाई सञ्चालनमा ल्याइएको स्मरण गर्दै सांसद विकले सहिदको नामको उक्त छात्रावासमा तला थप गरी विपन्न गरिब र दलित तथा जनजाति परिवारका दुर्गमबाट उच्च शिक्षा अध्ययन गर्न इच्छा राख्ने विद्याथीहरूलाई शिक्षाको अवसर प्रदान गर्न आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा डिभिजन वन अधिकृत कोमल राज काफलेले क्याम्पसको वातावरण तथा हरियाली विकासका लागि कार्यालयले क्याम्पससँग सहकार्य गर्न सदा तत्पर रहेको बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सेनाले ३० जना विद्यार्थीको आवास क्षमता भएको उक्त छात्रावासको क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा स्थानीय प्रदेश सरकारबाट आर्थिक सहायता जुटाउन अत्यावश्यक भएको बताए ।

क्याम्पस हाताभित्र आप, लिचि, कागती लगायतका फलफूलका विरुवाहरु रोपिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker