आँवुखैरेनीमा कक्षा १–३ का शिक्षकहरूलाई कष्टमाइज्ड तालिम

आँवुखैरेनी : तनहुँको आबुँखैरेनी गाउँपालिकामा रहेका २४ वटा सामुदायिक विद्यालयमा कार्यरत कक्षा १–३ का शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रममा आधारित पाँच दिने कष्टमाइज्ड तालिम प्रदान गरिएको छ ।
शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, आन्तरिक मूल्याङ्कन पद्धति र कार्य सञ्चयिका पुस्तिकाको उपयोगमा दक्षता प्रदान गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी गराइन ।
शिक्षकहरूको पेशागत विकास र कक्षाकोठामा शिक्षण प्रक्रिया सुधार गर्नु तालिमको मुख्य उद्देश्य रहेको उनले बताइन् । उनका अनुसार तालिमको क्रममा शिक्षकहरूले विद्यालयमा लागू गर्ने सिकेका विधिहरू कक्षामा प्रयोग गर्ने र अन्य शिक्षकलाई पनि प्रशिक्षण दिनुपर्ने हुन्छ ।
तालिममा प्रकाशचन्द्र ढकाल, संगम आचार्य र अम्बिका पाण्डे लगायतले सहजिकरण गरेका थिए। सहभागी शिक्षकहरूले तालिमको उत्कृष्ट कार्यान्वयनको लागि एक अर्कामा सहकार्य गर्ने र प्राप्त ज्ञानलाई विद्यालयको शिक्षण सिकाई क्रियाकलापमा लागू गर्ने प्रतिवद्धता जनाएका छन् ।
यस तालिमबाट शिक्षकहरूको क्षमता वृद्धि हुने र यसका कारण विद्यार्थीहरूको शिक्षा प्रणालीमा सकारात्मक परिवर्तन आउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले विश्वास व्यक्त गरेका छन् । उनले तालिमको समापनमा शिक्षकहरूलाई कार्यान्वयनका लागि आग्रह गर्दै, तालिमको सफलताका लागि सबै सहभागी शिक्षकहरू र सहजकर्ताहरूप्रति आभार व्यक्त गरे ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker