प्रथम आँबुखैरेनी अध्यक्ष कपको उपाधि अलस्टार युवा क्लबले जित्यो

आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कपअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि अलस्टार युवा क्लबले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा एक्लेफाँट युवा क्लबलाई पराजित गर्दै अलस्टार उपाधि जितेको हो । उपाधिसँगै अलस्टार क्लबले नगद रु ६० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता एक्लेफाँटले नगद रु ४० हजारका साथै ट्रफी प्राप्त गरेको छ ।

अध्यक्ष कपअन्तर्गत भलिबलको उपाधि आँबुखैरेनी भलिबल सङ्घले जितेको छ । भलिबलमा आँबुखैरेनी गाउँपालिका–३ उपविजेता बन्यो । विजेता बनेको आँबुखैरेनी भलिबल सङ्घले नगद रु ६० हजार र उपविजेता आँबुखैरेनी गाउँपालिका–३ ले रु २० हजार नगद प्राप्त गरेको छ ।

व्याडमिन्टनतर्फ दीपक गुरुङ र विनय श्रेष्ठको जोडी प्रथम भएको छ । उहाँहरूले नगद रु २५ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । भगवान् श्रेष्ठ र अभियान श्रेष्ठको जोडी द्वितीय हुँदा उहाँहरूले नगद रु १५ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सन्तोष थपलिया र मिजेन्द्र थापाको जोडी अनुशासित समूह घोषित भएको छ । उहाँहरूले रु पाँच हजार नगद प्राप्त गर्नुभएको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित खेलमैदानमा खेल सञ्चालन गरिएका थिए ।

विजयी हुनेहरूलाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले खेलकुदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विविध कारणले अध्यक्ष कप आयोजना गर्न नसकिए पनि सुरुआत गरिएको बताउनुभयो । आँबुखैरेनी खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले गाउँपालिकाभित्रका खेलाडीलाई प्रोत्साहन गर्न र खेलकुदमा आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker