मानुङकोट–पुलिमराङ अल्ट्रा म्याराथन : नेपाली सेनाका धावक रावल भए प्रथम

दमौली : तनहुँको व्यास नगरपालिकाले शहीद दिवसका अवसरमा आयोजना गरेको ४४ किलोमिटरको आठौं व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगितामा नेपाली सेनाका धावक करन रावल प्रथम हुन सफल भएका छन् ।

व्यास नगरपालिकाको मानहुकोटदेखि पुलिमराङसम्मको ४४ किलोमिटर दुरी २ घण्टा ४८ मिनेट २७ सेकेन्डमा पार गर्दै बझाङ्का रावल प्रथम उपाधी जित्न सफल भएका हुन् ।

उक्त प्रतियोगितामा नेपाली सेनाकै धावकहरु रामेछापका तिलक बहादुर सुनुवार द्वितीय र रामेछापका होमलाल श्रेष्ठ तृतीय हुन सफल भएका छन् ।

४२ जना धावकको सहभागिता रहेको म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ ।

व्यास नगरपालिकाले प्रतियोगितामा प्रथम हुनेलाई रु ८५ हजार ८२, द्वितीय हुनेलाई रु ६५ हजार ८२, तृतीय हुनेलाई रु ५५ हजार ८२, सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८२ नगद पुरस्कारबाट पुरस्कृत गर्नेछ ।

मगर र गुरुङ समुदायको गाउँलाई खेल पर्यटनमार्फत जोड्ने उद्देश्यसहित व्यास नगरपालिकाले यो प्रतियोगिता गर्दै आएको छ ।

मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको शहीदभूमि पुलिमराङ जोड्ने ४४ किलोमिटर अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेट्ने नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । प्रत्येक वर्ष हुँदै आएको म्याराथन प्रतियोगिताले दुई पर्यटकीय गाउँको विकासमा सहयोग पुगेको नगरप्रमुख न्यौपानेले बताए । उनले भने, ‘यो एउटा खेलकुद मात्र नभई नगरको पर्यटन प्रबद्र्धन र विकासको अभियान पनि हो ।’

प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको भन्दै नगरप्रमुख न्यौपानेले भने, ‘खाली खेलाडीलाई दौडाउन मात्र होइन, यस ठाउँको प्रचारप्रसार गर्दै विकास अभियानमा संघ र प्रदेश सरकारलाई जोड्न चाहेका छौँ । मानुङकोटसम्म पुग्न कालोपत्र सडक भए पनि पुलिमराङमा अझै पनि कच्ची सडक छ । त्यहाँको बाटो कालोपत्र गर्ने लक्ष्य राखेका छौँ ।’

मानुङकोट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । यहाँबाट देखिने कुहिरो र सूर्योदय हेर्नका लागि सयौंको संख्यामा पर्यटक पुग्ने गरेका छन् । मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

पुलिमराङसम्म भने त्यति पर्यटकको पहुँच पुग्न सकेको छैन । पुलिमरादङ शहीदभूमि पनि हो । यहाँ शहीद पार्क बनाइएको छ । पार्कमा विभिन्न कालखण्डमा सहिद भएका पुलिमराङका छ जनाको शालिक राखिएको छ । यहाँ स्वर्गीय भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको अर्धकदको शालिक छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker